Advertisement
ताजा खबर

विद्यार्थीको हत्या गरिएको विरोधमा काठमाडौँमा प्रदर्शन

प्रतिक्षा खबर
२०८१ श्रावण ५, शनिबार १५:५७

बङ्गलादेशमा विद्यार्थीको क्रूर हत्या गरिएको भन्दै नेपालमा विरोध प्रदर्शन भएको छ । शनिवार नेकपा एकीकृत (समाजवादी) निकट विद्यार्थी सङ्गठनले सो हत्याको विरोध गर्दै प्रदर्शन गरेको हो ।
राजधानीको माइतीघरमा भएको प्रदर्शनमा विद्यार्थीहरूले बङ्गलादेशका विद्यार्थीहरूले गरेको आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएका छन् । बङ्गलादेशमा आरक्षण कोटाविरुद्ध भएको आन्दोलनमा सरकारले दमन गर्दा ३५ जनाको मृत्यु भएको छ । आन्दोलन चर्किँदै गएपछि त्यहाँको सरकारले शनिवारदेखि देशभर कर्फ्यु आदेश जारी गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर