Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

प्रदेश २मा १३१काेराेना संक्रमित देखियाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ ५, सोमबार १२:०७

रामगाेपालपुर, जेठ ५ गते ।
प्रदेश २ कोरोना भाइरसको इपीसेन्टर बन्दै गएको छ। परीक्षणको गति तीब्र पारिएसँगै प्रदेश २ मा संक्रमित थपिने क्रम बढ्दै छ ।
देशका सातमध्ये सबैभन्दा बढी संक्रमित प्रदेश २ मा फेला छन् । सोमबार बिहान रौतहटमा ८ र बारामा १ जना कोरोना संक्रमित थपिएसँगै देशभरमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ। यसअघि आइतबार मात्र रौतहटमा १० जना संक्रमित भेटिएका थिए ।
सोमबार बिहान पौने ९ बजेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश २ मा मात्रै कोरोना संक्रमितको संख्या एक सय ३१ पुगेको हो । प्रदेश २ का आठवटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
प्रदेशमा सबभन्दा बढी संक्रमित पर्सा र रौतहटमा छन्। पर्सामा तीन भारतीयसँगै ९१ जना र रौतहटमा २१ जनामा कोरोना संक्रमण भेटिएका छन् ।
त्यसैगरी धनुषामा ६, महोत्तरीमा ४, बारामा ४, सर्लाहीमा ३, सप्तरी र सिरहामा १–१ जना कोरोना संक्रमित फेला परेका प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए ।
उनका अनुसार संक्रमितहरुको उपचार वीरगञ्जको नारायणी उपेक्षेत्रीय अस्पतालको आइसोलेशन, वीरगञ्जकै सिद्धर्थ स्कुलको आइसोलेशन, प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशन र सप्तरीको राजविराज स्थित सगरमाथा अस्पतालको आइसोलेशनमा भइरहेको छ ।
अहिलेसम्म भेटिएकामध्ये अधिकांश कोरोना संक्रमित भारतबाट आएका छन् । खुल्ला सीमाको कारण चोरबाटो हुँदै भारतको दिल्ली, मुम्बई लगायत का ठाउँबाट उनीहरु नेपाल प्रवेश गरेको खुलेको छ ।
भारतसँग खुल्ला सीमाकै कारण प्रदेश २ कोरोनाको उच्च जोखिममा रहेको भन्दै पहिले नै सरकारले रेडजोनमा राखेको थियो ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर