Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मोबाइलको प्रयोगले सामाजिक सम्बन्ध कमजोर भएको छ’

प्रतिक्षा खबर
२०८१ कार्तिक ४, आईतवार १९:४१

व्यक्तिले निरन्तर अन्तक्र्रिया गर्न खोज्छ, यो व्यक्तिको स्वभाव हो । अन्तक्र्रियामार्फत व्यक्तिले सामाजिक सम्बन्ध बनाउँछ र कतिपय आवश्यकता पूर्ति गर्छ । यो प्रक्रिया सधैँ चलिरहन्छ, तर त्यो अन्तक्र्रिया कस्तो खालको हुने भन्ने सामाजिक व्यवस्था र सामाजिक संरचनासँग जोडिएको छ ।

हिजोका दिनमा व्यक्ति–व्यक्तिबिच प्रत्यक्ष अन्तक्र्रिया थियो, पछिल्लो समय सूचना र प्रविधिका माध्यमबाट मानिसबिच अन्तक्र्रिया हुन थालेका छन् । प्रविधि विकास भएपछि रेडियो, टीभी, मोबाइल लगायत आए । अहिले आएर मोबाइल (स्मार्टफोन) अपरिहार्य भइसकेको छ ।

पहिले व्यक्तिबिच प्रत्यक्ष र भावनात्मक अन्तक्र्रिया हुन्थे । अहिले अन्तक्र्रियाको माध्यम साँगुरिएको छ । विभिन्न उपकरण वा माध्यमबाट मानिसले अन्तक्र्रिया गर्छन् । सामाजिक सम्बन्धको प्रकृति अहिले फेरिएको छ । पहिले व्यक्तिका माध्यमबाट अलि फराकिलो सञ्चार हुन्थ्यो; परिवारबाट छिमेकमा, छिमेकबाट साथीभाइ हुँदै समाजभर नै सूचना फैलिन्थ्यो ।

पहिले व्यक्तिका माध्यमबाट अलि फराकिलो सञ्चार हुन्थ्यो; परिवारबाट छिमेकमा, छिमेकबाट साथीभाइ हुँदै समाजभर नै सूचना फैलिन्थ्यो । पहिले अनौपचारिक रूपमा, आत्मीयतापूर्वक जेजति अन्तक्र्रिया हुन्थे, अहिले त्यस्ता अन्तक्र्रिया औपचारिकतामा मात्रै सीमित हुन थालेका छन् ।

पहिले अनौपचारिक रूपमा, आत्मीयतापूर्वक जेजति अन्तक्र्रिया हुन्थे, अहिले त्यस्ता अन्तक्र्रिया औपचारिकतामा मात्रै सीमित हुन थालेका छन् । पहिले सामाजिक संरचना र सामाजिक सम्बन्ध बलियो हुन्थ्यो, अचेल मानिसमा त्यो भावनात्मक सम्बन्ध हराएको छ । छिमेकी वा साथीभाइको त कुरै छाडौँ, परिवारका सदस्यसँगै राम्रोसँग कुरा नहुने अवस्था आएको छ । घर–परिवारमै बस्दा पनि मानिस मोबाइलमा भुलिरहेको देखिन्छ । यसरी सामाजिक सम्बन्धको प्रकृति परिवर्तन हुँदै गएको छ ।

मोबाइलको प्रयोगले पारिवारिक, साथीभाइ र समाजको सम्बन्धलाई कमजोर बनाएको छ । यो एक किसिमको नकारात्मक पक्ष हो ।

स्मार्ट फोनका सकारात्मक पक्ष छन् । यसले मानिससँग क्षणभरमै कुरा गर्न, विश्वका घटना थाहा पाउन सहयोग गर्छ । ज्ञानको दायरा बढाउन पनि सहयोगी छ । तर यसको प्रयोग कति र कसरी गर्ने भन्ने प्रधान हो ।

आधुनिक समाज भनेको व्यक्तिवादी समाज हो । यसले आम्दानी, सीप, कमाइ, व्यक्तिको उन्नत जीवनमा जोड दिएको देखिन्छ । यो पँुजीवादी समाजको विशेषता हो । त्यसकारण प्रविधि र पुँजीको प्रयोग हुने जुन समाज छ, त्यो समाजको विशेषता हेर्‍यो भने अहिले मान्छेले ठिकै गरेको देखिन्छ । किनभने उसलाई जे आवश्यक छ, त्यो आवश्यकता उसले मोबाइल अथवा सामाजिक सञ्जालमार्फत पूरा गरेको छ । नयाँ पुस्ताले मोबाइल र प्रविधिको सहायताले संसारसँग पहुँच बढाएका छन् । यो राम्रो र महत्त्वपूर्ण पाटो हो । उनीहरूले स्मार्टफोनबाटै केही सिकिरहेका छन् ।

मोबाइलको प्रयोगविना अबको समाज परिकल्पना गर्न सम्भव देखिँदैन, तर हामीले कसरी प्रयोग गर्ने भन्ने विषय व्यक्तिपिच्छे फरक हुन सक्छ । त्यसकारण आफूले मोबाइल प्रयोग गर्दा के–कस्ता विषय आफ्ना लागि उपयोगी हुन्छन्, त्यस्ता विषय छनोेट गर्न सक्नुपर्छ । मोबाइल प्रयोग गर्दा समय अवधि तय गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर