Advertisement
ताजा खबर
वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो

बङ्गलादेशले भारतबाट आफ्ना उच्चायुक्तलाई फिर्ता बोलायाे

प्रतिक्षा खबर
२०८१ आश्विन १८, शुक्रबार ०८:२७

ढाका । बङ्गलादेशको अन्तरिम सरकारले भारतका लागि उच्चायुक्तसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । उनीहरूलाई ढाका फर्कन भनिएको छ ।

भारतबाहेक अस्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञहरूलाई पनि फिर्ता बोलाइएको छ ।

पछिल्लो समय बङ्गलादेशमा ठुलो राजनीतिक परिवर्तन भएको छ । हप्तौँसम्म उग्र विद्यार्थी आन्दोलनका कारण शेख हसिनाले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भारत भागेपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

यसअघि बङ्गलादेशले बेलायतबाट पनि आफ्नो उच्चायुक्त सइदा मुना तस्नीमलाई फिर्ता बोलाएको थियो । हालै अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस पनि अमेरिका भ्रमणमा गएका थिए । यहाँ उनले अमेरिका, पाकिस्तानलगायत धेरै देशका राष्ट्रप्रमुखसँग भेट गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर