Advertisement
ताजा खबर
सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

जसपा नेपालका अध्यक्ष यादव चिली भ्रमणमा जाँदै

प्रतिक्षा खबर
२०८१ आश्विन १५, मंगलवार १९:२४

काठमाडौँ । जनता समाजवादी पाटी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव दक्षिण अमेरिकाको चिली भ्रमणमा जाने भएका छन् ।

चिलीको स्यान्टियागोमा सबै महादेशका विभिन्न मुलुकहरुका प्रगतिशील, सामाजिक लोकतान्त्रिक, श्रमिक र समाजवादी पार्टीहरूको अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिभ एलाइन्सको आयोजनामा हुन लागेको विश्व सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव बुधबार मध्यराती कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको उनका निजी सचिवालयले जनाएको छ ।

सम्मेलन अक्टोबर ५ र ६ तारिखमा हुनेछ । थर्ड ग्लोबल कन्भेन्सन अफ दि प्रोग्रेसिभ एलाइन्सको उक्त सम्मेलनमा अध्यक्ष यादवको नेतृत्वमा जसपा नेपालको अन्तर्राष्ट्रिय विभाग प्रमुख अर्जुन थापासहितको प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ ।

अध्यक्ष यादवसहितको उक्त प्रतिनिधिमण्डल असोज २४ गते राति कतार एयरलाइन्सबाट स्वदेश फर्किने छ ।

यसअघि गत भदौ २२ गते एक एनजिआकोे कार्यक्रममा भाग लिन भारत गएका थिए । त्यस्तै, साउन १३ गते  अध्यक्ष यादव फिलिपिन्सको मनिला गएका थिए । एसियाली प्रजातान्त्रिक पार्टीहरूको सङ्गठन (सोकडेम एसिया प्यासिफिक)को गत जुलाई २९ तारिखमा भएको स्टेरिङ कमिटीको बैठकमा सहभागी हुन उनी त्यहाँ गएका थिए ।

त्यसअघि गत वैशाख १५ गते पनि उपप्रधान तथा स्वास्थ्य मन्त्रीको रुपमा अध्यक्ष यादव अमेरिका भ्रमणमा गएका थिए । अमेरिकामा भएकै बेला उनको पार्टी विभाजन हुँदा भ्रमण छोट्याएर उनी वैशाख २४ गते नेपाल फर्केका थिए ।

उनी गत वर्षको असोज ११ गते पनि एउटा समाजिक संस्थाको कार्यक्रममा भाग लिन अमेरिका गएका थिए । गत वर्षको भदौ ९ गते एउटा पारिवारिक कार्यक्रममा भन्दै भारत भ्रमणमा गएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर