Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जसपा नेपाललाइ अर्को झट्का, दीपेन्द्र झाले दिए राजीनामा

प्रतिक्षा खबर
२०८१ जेष्ठ ४, शुक्रबार २३:२२

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अधिवक्ता दीपेन्द्र झाले राजीनामा दिएका छन् ।
जसपा नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा एउटा समूह निस्केर जनता समाजवादी पार्टी गठन भइसकेको छ । सो पार्टी फुटाउनमा अधिवक्ता समेत रहेका झाको हात रहेको आरोप लागिरहेको बेला उनले राजीनामा दिएका हुन् ।
यही बिचमा जसपा नेपालको तर्फबाट सर्वोच्च अदालतमा दायर रिटमा समेत विभाजनबारेमा आफूलाई जोडिएपछि बहसमा उपस्थित नभएको उनको भनाइ छ ।
उनले राजिनामापत्रमा भनेका छन्, ‘विपक्षी बनाइएका केही नेताहरूसँग मेरो सम्बन्ध रहेको र उनीहरूको कैयौँ मुद्दा मेरो ल फर्मबाट हेरिने भएकोले स्वार्थ बाझिने हिसाबले मैले कुनै पक्षमा पनि बहस गर्न उचित ठानिनँ ।
आफू एक जना कानुन व्यवसायी भएको नाताले स्वार्थ बाझिने र अविश्वास भएको मुद्दाबाट आफूलाई अलग गर्नु आफ्नो पेसागत धर्म रहेको झाको भनाइ छ ।
सिद्धान्त र नैतिकताको हिसाबले पनि जसपा नेपालको प्रदेश निर्वाचन समिति घोषणा भइसकेको अवस्थामा आफैले गरेको निर्णय आफै उल्टाउन त्यति सहज नहुने भएकोले आजैको मितिदेखि आफूलाई जसपा नेपालको सम्पूर्ण जिम्मेवारीबाट अलग गरेको उनको भनाइ छ ।
महाधिवेशनको लागि चाहिने मुख्य दस्ताबेज निर्वाचन निर्देशिका बनाइसकेको हुँदा जसपा नेपालको केन्द्रीय निर्वाचन समितिका सदस्य देव नारायण यादवलाई केन्द्रीय निर्वाचनको संयोजकको जिम्मा दिई महाधिवेशनको काम अगाडि बढाउँदा उपयुक्त हुने समेत सुझाव उनले अध्यक्ष उपेन्द्र यादवलाई दिएका छन् ।
उनले जसपा नेपालको विधान मस्यौदा समितिको सदस्य र हालै निर्वाचन समितिको संयोजक जस्तो महत्वपूर्ण जिम्मेवारी दिएकोमा समेत अध्यक्ष यादवलाई धन्यवाद दिएका छन् ।
आफू जसपा नेपालबाट अलग्गिए पनि मधेसको सशक्तीकरण र विकासको कुरामा सहयोगको अपेक्षा गरेको खण्डमा सहयोग गर्न सधैँ तत्पर रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर