Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या २०९ पुग्यो

प्रतिक्षा खबर
२०८१ आश्विन १४, सोमबार २१:३०

काठमाडौँ ।  बाढी पहिरो र डुबान लगायतका प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या २ सय ९ पुगेको छ । गृह मन्त्रालयका अनुसार सोमबार साँझ ७ बजेसम्मको अवधिमा बाढी पहिरोबाट निधन हुनेको सङ्ख्या २ सय ९ पुगेको हो ।

यस्तै घाइते १४२ र बेपत्ता २९ जना रहेका छन् ।खोज तथा उद्धारको कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । सोमबार नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुर लगायतका स्थानबाट घाइते, बिरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

अवरुद्ध सडक, विद्युत्, टेलिफोन लगायतका अत्यावश्यक सेवाहरू शीघ्र सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

सबैखाले राहत सामग्री एकद्वार प्रणाली मार्फत वितरण गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजमार्गहरू सुचारु गर्ने, तत्काल सुचारु गर्न नसकिने सडकको हकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी सवारी आवागमन सहज बनाउने कार्य भइरहेको छ । संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध निकायहरूबाट विपद् प्रभावितहरूलाई आपत्कालीन राहत शीघ्र उपलब्ध गराउने व्यवस्थाका लागि समन्वय गरिएको छ ।’

असोज १० देखि १२ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला प्रभावित भएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर