Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

बोक्सीको आरोपमा देवरले गरे दभाउजुको हत्या

प्रतिक्षा खबर
२०७८ आश्विन ३१, आईतवार १९:५३

३१ असोज, जनकपुरधाम । महोत्तरीमा दशैंको समयमा बोक्सीको आरोपमा एक महिलाको हत्या भएको छ भने अर्की एकलाई मलमुत्र खुवाएर दुर्व्यवहार गरेको खुलेको छ ।
महोत्तरी गाउँपालिका ३ मडई बस्ने सञ्जय झाले २७ असोजमा भाउजु शिलादेवीको हत्या गरेको प्रहरीले जनाएको छ ।
शिलादेवी, देवर सञ्जय र देवरानी रिंकुसँगै बस्दै आएकी थिइन् । गत असारमा सञ्जयसँग बिहे गरेकी रिंकु गर्भवती थिइन् । गर्भपतन भएपछि संजय जनकपुधरामस्थित रिंकुको हजुरआमाको घरमा बस्न थाले । त्यहाँ बस्दा पनि रिंकु बेलाबेला विरामी भइन् । अस्पतालमा चेकजाँच गराउन रोग पत्ता नलागेको भन्दै सञ्जयले पत्नी रिंकुलाई झाँक्री कहाँ लिएर गए ।
त्यस क्रममा रिंकु काम्न थालेको र आफूलाई शिलादेवीको दिवंगत छोरा कृष्णा हुँ भनेको सञ्जयको दाबी छ । त्यही कारण सञ्जयले भाउजुमाथि बोक्सीको आरोप लगाए र २७ असोजको साँझ ५ बजेतिर जनकपुरबाट साइकलमा मडईस्थित आई घरमा सुतिरहेकी शिलादेवीको हथौडा प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । भाउजुको हत्यापछि उनी जनकपुर फर्किएका थिए ।
महोत्तरी प्रहरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले भने, ‘उनलाई मारेपछि मात्र परिवार सुरक्षित हुन्छ भन्ने अन्धविश्वासको कारण शिलादेवीको हत्या गरेको देखिन्छ ।
भाउजु शिलादेवीलाई सापटी दिएको १२ लाख ३९ हजार फिर्ता पनि नदिएको सञ्जयको दाबी छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर