Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

दैविक अस्पतालको लापरवाहीले गुमाए एक युवकले खुटा

प्रतिक्षा खबर
२०७९ पुष ८, शुक्रबार २१:०३

जनकपुरधाम ८ पुस । जनकपुरधामको एक अस्पतालको लापरवाहीले एक युवाले आफ्नो खुटा गुमाएको परिवारजनले आरोप लगाएका छन । जनकपुरधामको भ्रमरपुरा चौक स्थित संचालनमा रहेको दैविक इन्टरनेशनल हस्पीटलको लापरवाहीले जनकपुरधाम उपमहानगरपालिका वार्ड नं २५ लोहना निवासी २२ वर्षिय अमित कुमार पासवानले खुट्टा गुमाउनु परेको आरोप लागाएको छ । खुटामा समान्य फ्याक्चर भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरियो तर बिशाल राई नामको दलाल यहा राम्रो उपचार नभएको भन्दै पासवानको परिवारजनलाई ललाई फकाई भ्रमरपुराचौक स्थित दैविक इन्टरनेशनल हस्पिटलमा भर्ना गर्न लगाएको पासवानका काका सुर्यदेव पासवानले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुरा बताएका छन । सुर्यदेव पासवानका अनुसार मंसिर २८ गते सो होस्पीटलमा भर्ना गराइएपछि त्याहाका डाक्टर कुमार सम्भवले २९ गते विहान खुटामा अपरेसन गरेर स्टिल लगाउने भनेर आफुलाई भनियो तर दुईदिन पछि पनि अपरेशन नगरिएपछि पुनः चिकित्सकलाई अपरेशनका लागि भनिएपनि विरामीको कहिले बरफले सेक्ने र कहिले तातोले सेक्ने बाहेक केहि नगरेको वताउनुभयो । चार दिन पछि खुटानै काम नलाग्ने अवस्थामा पुगी कालो भएपछि चिकित्सकले आफनो अस्पतालमा सम्भव नभएको भन्दै अन्तै लान भनि दबाब दिएको वताउदै पासवानले अन्ततः आफुहरुले काठमाण्डौ स्थित विएण्डवी अस्पतालमा भर्ना गरेको वताउन’भयो । काठमाण्डौमा भर्ना गरेपछि त्याहाका चिकित्सकले खुटाको अवस्था खराव भइसकेकोले विरामीको ज्यान वचाउनका लागि खुटानै हटाउनुपर्ने वताए । र सोहि अनुसार खुटामा भएको फयाक्चरलाई दैविक इन्टरनेशनलको लापरवाहीले घरका एकमात्र कमाउ सन्तान तथा लक्का जवान युवकको खुटा गुमाउनु परेको उनले वताए । यस विषयमा सम्वन्धित हस्पिटललाई क्षतिपुर्ति तिर्नुपर्ने भन्दा आफुहरुलाई केहि थाहा नभएको जे गर्नुछ गर भनेपछि संचारमाध्यमलाई गुहार्नुपरेको सुर्यदेव पासवानले वताएका छन् । यता जनकपुरधामका अस्पताल दैविक इन्टरनेशनल हस्पिटलको लापरवाहीले नै खुटा गुमाउनु परेको विषयमा मधेश क्रान्ति संघर्ष समितिलाई ध्यानाकषर्ण भएको छ । सवै कागजात र प्रमाणहरु हेर्दा हस्पीटलको लापरवाही देखिएकोले हस्पीटलले क्षतिपुर्ति तिनुपर्ने समितिका संयोजक नवीन यादवले वताउनुभयो । यता अस्पताल प्रशासनले अस्पतालको लापरवाहि नरहेकाे बताए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर