Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

जनमत पार्टीले शान्तिपूर्ण र्‍याली निकालेर संविधान संशोधनको माग गर्ने

प्रतिक्षा खबर
२०८१ आश्विन २, बुधबार १८:३७

काठमाडौँ । जनमत पार्टीले शान्तिपूर्ण र्‍याली निकालेर संविधान संशोधनको माग गर्ने भएको छ । सो पार्टीका अध्यक्ष डा.सिके राउतले संविधान दिवसको अवसरमा शान्तिपूर्ण रयाली निकाल्न र कोणसभा लगायतका कार्यक्रम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले नेता कार्यकर्तालाई विभिन्न कार्यक्रम गरेर संविधान संशोधनका लागि सरकारलाई दबाब दिन भनेका छन् ।  जनमत पार्टीले पूर्ण अधिकार सम्पन्न र स्वायत्त प्रदेश स्थापना, प्रदेशको सिमाङ्कन सच्याउन, निर्वाचन क्षेत्र भाषिक तथा जनसङ्ख्याको अधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था र सामाजिक लोकतन्त्र कायम गर्नुपर्ने माग गर्दै आएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने संविधान दिवसको विरोध गर्दै कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । ती पार्टीका नेता तथा कार्यकर्तालाई सोही अनुसारको निर्देशन पनि पठाइएको छ ।

असोज ३ गते मनाउने संविधान दिवसलाई समर्थन गर्ने वा विरोध गर्ने विषयमा जनमत पार्टीले भने केही बोलेको छैन । पार्टीका उपाध्यक्ष ई.दीपक साहले शान्तिपूर्ण र्‍याली निकालेर संविधान संशोधनको माग गर्ने बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर