Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी

प्रतिक्षा खबर
२०८१ भाद्र १, शनिबार ११:१०

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि वार्तामा संलग्न सबै पक्षलाई चेतावनी दिएका छन् । सबै पक्षले युद्धविरामका लागि जारी प्रयासलाई कमजोर बनाउन नहुने राष्ट्रपति बाइडेनले बताएका हुन्।

बाइडेनले भने, ‘हामी गाजामा युद्धविरामका लागि  पहिलेभन्दा नजिक छौँ।’ यद्यपि हमासका एक अधिकारीले उनको दाबीमा आशङ्का व्यक्त गरेका थिए।

बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि प्रयास जारी राख्न विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई इजरायल पठाउने घोषणा पनि गरे। बाइडेनको यो चेतावनी अमेरिका, कतार र इजिप्टको संयुक्त वक्तव्यपछि आएको हो ।

पछिल्लो ४८ घण्टामा तीन देशबिच गम्भीर वार्ता भएको बताइएको छ । यसको उद्देश्य गाजामा युद्धविराम सुनिश्चित गर्नु र बन्धकहरूलाई रिहा गर्नु हो।

विज्ञप्तिमा भनिएको छ, ‘दोहामा अमेरिका, कतार र इजिप्टले दुवै पक्षलाई प्रस्ताव पेस गरेका छन्, जुन अमेरिकी राष्ट्रपति बाइडेन र सुरक्षा परिषद्ले तोकेको सिद्धान्त अनुरूप छ ।’

तीन देशका वरिष्ठ अधिकारीहरूले सम्झौतालाई अन्तिम रूप दिन अर्को हप्ताको अन्त्यमा इजिप्टको राजधानी कायरोमा फेरि भेट्नेछन्। यस सम्झौतामा मानवीय सहायताका सम्बन्धमा पनि व्यवस्था गरिएको छ ।
बीबीसी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर