Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

जसपा नेपालले एमालेलाई भन्यो – अँध्यारो सुरुङभित्र यात्रा गरिरहेको पार्टी

प्रतिक्षा खबर
२०८१ जेष्ठ २९, मंगलवार १९:२९

२९ जेठ, जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपालले नेकपा एमालेलाई एकै साथ संसदवादी र कम्युनिष्ट बन्ने अन्तरविरोधपूर्ण बाटोमा हिँडेको भन्दै ‘अँध्यारो सुरुङभित्र यात्रा गरिरहेको’ भनेको छ ।
संविधान जारी गर्दा काँग्रेससँग मिलेर मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, खसआर्य, दलित, महिला, पिछडावर्ग आदि आन्दोलनमा निर्मम दमन गरेको भन्दै जसपा नेपालले एमालेलाई उदारवादी लोकतन्त्रको पक्षपाती बनेको आरोप लगाएको छ ।
‘दार्शनिक, वैचारिक रूपमा अन्योलग्रस्त र नैतिक रूपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रूपमा मात्र लामो समय बलियो भइरहन सक्दैन । आउँदा केही वर्ष वा दशकभित्र कम्युनिष्ट पार्टीहरु भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ । एमालेको राजनीतिक व्यवहार र सञ्चालन गरिरहेको सरकारले यहि कुरा पुष्टि गर्दछ’, प्रतिवेदनमा भनिएको छ ।
जसपा नेपालले एमालेलाई निर्दलीय व्यवस्थाको पञ्चहरु भन्दा तल्लोस्तरको क्रियाकलाप र चरित्रको भन्दै पहिचान, समानुपातिक समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्र र राष्ट्रिय÷जातीय, वर्गीय, लैङ्गिक मुक्तिको विरुद्धमा रहेको आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर