Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की

प्रतिक्षा खबर
२०८१ बैशाख २५, मंगलवार १३:१७

२५ वैशाख, काठमाडौं । पाकिस्तान र अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरसानले टी-२० वर्ल्ड कप क्रिकेटमा आक्रमण गर्ने धम्की दिएको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।
आयोजक वेष्ट इण्डिज क्रिकेटका अधिकारीले सुरक्षा अधिकारीहरुसँग मिलेर आवश्यक प्रबन्धका लागि काम गरिरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार आतंकवादी संगठनले वेष्टइण्डिज सहितका देशहरुलाई भिडियो म्यासेज पठाएर आक्रमणको धम्की दिइएको छ
आईएस खोरसानको अफगानिस्तान-पाकिस्तान शाखाले नशीर-ए-पाकिस्तान च्यानलमार्फत् पनि एक भिडियो सार्वजनिक गर्दै हमलाको धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । नशीर-ए-पाकिस्तान इस्लामिक स्टेटसँग सम्बन्धित प्रोपोगाण्डा च्यानल हो ।
क्रिकेट वेष्टइण्डिजका सीईओले भने- सुरक्षा पहिलो प्राथमिकता
क्रिकेट वेष्टइण्डिजका सीईओ जोनी ग्रेब्सले क्रिक बजसँगको कुराकानीमा आयोजक देश र प्रतियोगिता हुने शहरहरुमा लगातार निगरानी गर्न र सम्भावित खतराको सामना गर्न अधिकारीहरुसँग मिलेर काम गरिरहेको बताएका छन् । सुरक्षा आफूहरुको पहिलो प्राथमिकता रहेको भन्दै उनले आवश्यक प्रबन्ध मिलाइने बताएका छन् ।
टी-२० वर्लडकपका खेल वेष्टइण्डिज र अमेरिकामा जुन २ देखि २९ सम्म हुँदैछ । नेपाल पनि वर्ल्डकपमा सहभागी हुँदैछ । वर्ल्ड कप खेल्न नेपाली टोली वेष्टइण्डिज पुगिसकेको छ ।
टी-२० विश्वकपमा नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्ने छ । नेपालले १२ जुनमा श्रीलंकासँग, १५ जुनमा दक्षिण अफ्रिकासँग र १७ जुनमा बंगलादेशसँग खेल्ने छ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउने छ ।
क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काले भने यसबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् ।
टी-२० वर्ल्ड कप २०२४ मा ग्रुप, नकआउट र फाइनल गरी कुल ५५ खेल हुने छन् । ३९ म्याच वेष्टइण्डिजमा र १६ खेल अमेरिकामा हुनेछन् ।
मिडिया रिपोर्ट अनुसार अमेरिकालाई भने धम्की आएको जानकारी छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर