Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

प्रतिक्षा खबर
२०८१ बैशाख १३, बिहीबार १५:३८

आगलागी नियन्त्रण, राहत र उद्धारमा तुरुन्त जुट्न पत्रकार महासंघको अपिल
वैशाख १२ गते ।
महोत्तरीको मटिहानी नगरपालिका—६ जर्लाहावा गाछी गाउँमा भिषण आगलागी घटना नियन्त्रण, पीडित परिवारको उद्धार र राहतमा जुट्न नेपाल पत्रकार महासंघ महोत्तरीले सबैमा सञ्चारकर्मी तथा पत्रकारहरुलाई तुरुन्त जुट्न अपिल गरेको छ ।
महासंघका सचिव राजकरण महतोले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बुधबार विहानैदेखि भएको आगलागीले जर्लाहावा गाछीको सिङ्गो बस्ती नै जलेर नष्ट भएको छ ।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले दिनुभएको भएकोज ानकारी अनुसार जर्लाहावा गाछी गाउँमा भीषण आगलागी हुँदा एक सय बढी घर जलेको प्रारम्भिक रिपोर्ट छ । एकिन तथ्यांक अझै आएको छैन ।
‘आगो नियन्त्रणमा लिनका लागि नेपाल र भारतका गरी करिब एक दर्जन दमकल र पानी ट्यांकी प्रयोग गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाली सेना, रेडक्रसकर्मी, जनप्रतिनिधी, स्थानीयबासीले हरसम्भव प्रयास गरिरहेका छन् ।तर, चौतर्फी हावा चलेका कारण आगलागी नियन्त्रमा आउन सकेको छैन’, प्रशासनलाई उद्दृत गर्दै प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विपद्को यस घडीमा महोत्तरीका सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मी साथीहरुलाई आगलागी पीडितको उद्धार, राहतका समाचार सम्प्रेशन गर्न जुट्न सचिव महतोले अपिल गरेका छन् ।
उनले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘आगलागी घटना सम्बन्धी प्राप्त सूचना, तथ्य, सत्यलाई सम्बन्धित निकायबाट पुष्टि गर्दै आमसंचार माध्यममा प्रसारण, प्रकाशन गर्न अनुरोध छ ।’ आगलागी घटना स्थलमा समाचार सम्प्रेशन गर्न खटिदाँ आफ्नो सुरक्षामा ध्यान सचिव महतोले समेत अनुरोध गरेका छन् । आगलागी नियन्त्रणमा अझै आइनसकेकाले सबै जना आ—आफ्नो ठाउँमा जुट्न समेत महासंघले अपिल गरेको छ । —

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर