Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सम्सी गाउँपालिकामा बिभिन्न पार्टी परित्यागगरी एक दर्जनभन्दा बढी जसपा नेपालमा प्रवेश

प्रतिक्षा खबर
२०८१ कार्तिक ६, मंगलवार २०:५४

गोपाल झा

महोत्तरी , कार्तिक ७ गते मंगलवार

जनता समाजबादी पार्टी नेपालको संगठन निर्माण अभियान“ नामक अभिमुखिकरण कार्यक्रम  भव्यताका साथ सम्पन्न भए संगै लोसपा र नेपाली कांग्रेसबाट पार्टी परित्याग गरी दर्जन भन्दा बढी जनाले जसपा नेपालमा प्रवेश छ ।

महोतरीको सम्सी गाउँपालिका  वडा नम्बर ४ गैँढा भेटपुरको वडा कार्यलय नजिक आयोजना गरीएको “जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान” नामक अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।         संगठन निर्माण अभियान कार्यक्रमका प्रमुख अतिथि डा सुरेन्द्र कुमार यादवले यो अभियान हरेक नेपाली जनतासंगै खासगरेर मधेशी जनताहरुको भविष्यका लागि महत्वपूणर् रहेको भन्दै जनतासँगको सीधा संलग्नता आवश्यक रहेको बताएका हुन् । उहाँले “यस अभियानले जसपा नेपालको पहुँचलाई हरेक टोल र गाउँसम्म पुर्याउने काम गर्ने बताँउदै पार्टीलाई जनतासँग नजिकबाट काम गर्न सक्षम बनाउने बिश्वास ब्यक्त गरे ।

      त्यस्तै ”सांसद एवम मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा कार्यक्रामा सम्बोधन गर्दै स्थानीय स्तरमा पार्टीको प्रभावलाई मजबु बनाउन र कार्यकर्तालाई सक्रिय राख्नका लागि यो अभियान महत्वपूणर् रहेको बताएका हुन् । उहाँले जनतासँगको निकटता र संगठन बिस्तार भए मात्र पार्टी थप बलियो हुने सुझाव दिएका हुन् ।  कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा पार्टीको आधारभूत संरचना सुदृढ पार्नु हो । यसका लागि चार महिनाको अवधिमा “जनतासँग जसपा नेपाल” भन्ने नारासहित विभिन्न स्थानीय गतिविधिहरू आयोजना गरिनेछ । मधेशमा नेपाली कांग्रेस ,एमाले र अन्य पार्टीहरुले मधेशीहरुलाइ चुनाबको बेला विभिन्न खाले ,प्रलोभन दिएर भोट लिदै आइरहेको छ तर अधिकारको सवालमा अहिले सम्म कुनै पार्टीले जनताको आधारभुत आबस्यकता समेत पुरा न गरेको आरोप लगाउँदै जनताको अधिकारको सबालमा र संघियताको बिषयमा जनता समाजवादी मात्र अगाडी रहेकोले अब कसैको बहकाउमा न परी जनता समाजवादी नेपाललाइ आगामी निर्बाचनमा पहीलो पार्टी बनाउन अहवान समेत गरेका छन ।  कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, र जिल्ला भरिका स्थानीयतहका निर्वाचित पदाधिकारीको भीडभाड रहेको थियो ।

      संगठन निर्माण अभियान“ अभिमुखिकरण कार्यक्रमसंगै आयोजना गरिएको कार्यक्रममा जसपा नेपालको उदेशयले प्रभावित हुँदै लोकतान्त्रीक समाजबादी पार्टी ,नेपाली कांग्रेस र एमाले पार्टी परित्याग गरि एक दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन ।

       पार्टी प्रवेश गर्नेहरुमा जोगेन्द्र पासवान,महेन्द्र खत्बे,भरत चौधरी,राम अशिष चौधरी,रुदल पासवान,सियाशरण पासवान,अर्जुन कुमार यादव,सम्भु कुमार मण्डल ,अंकुश कुमार मण्डल ,धिरेश कुमार यादव,राममनिज मण्डल ,सरोज कुमार राउत,शंकर यादव,बुधन यादव,कृष्णा मण्डल   लगायतका नब प्रबेसीहरुलाई जसपाका केन्द्रीय सदस्य तथा अभियन्ता दिपक कुमारझा गुड्डु , प्रदेश अभियन्ता राम नरेश यादब , पालीका संयोयक कैलाश यादब सहीतका नेताहरुले माला अबिर लगाएर स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर