पप्पु कु मण्डल , रामगोपालपुर नगरपालिकाले ४२ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । शनिवार नगरपालिकाको ९ औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४२ करोड ४ लाख २९ हजार ८०० रुपैयाँको बजेट नगरप्रमुख रामदुलार साहले प्रस्तुत गरेका छन् ।
नगरप्रमुख साहले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट तथा आन्तरिक आम्दानी र दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध भएको श्रोत अनुमान विवरणका आधारमा सो रकमको बजेट प्रस्तुत गरेको जानकारी दिए ।
नगरप्रमुख साहले संघको वित्तीय समानीकरणतर्फ ९ करोड ९६ लाख,संघ सशर्त अनुदानतर्फ १८ करोड १२ लाख,संघ बिशेष अनुदान १ करोड,संघ समपुरक अनुदान ७५ लाख,संघ राजश्व बाडफाड ८ करोड ७० लाख ५९ हजार ८ सय,संघ रोयाल्टी ५० हजार,प्रदेश वित्तीय समानिकरण ७० लाख २० हजार,प्रदेश बिशेष अनुदान ३० लाख,प्रदेश समपुरक अनुदान २० लाख,प्रदेश राजश्व बाडफाड ३० लाख आन्तरिक आम्दानी २ करोड गरी कूल ४२ करोड ४ लाख २९ हजार ८ रुपैयाँको बजेट नगरसभामा पेश गरेको छ।






