Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

परिक्रमा आज मडैमा

प्रतिक्षा खबर
२०७९ फाल्गुन १३, शनिबार १२:५२

रामगाेपालपुर, फागुन १३ गते ।
मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय माध्यमिकी परिक्रमा आज महोत्तरीको मडै पुग्दै छ ।
पाँचौ दिन जलेश्वर पुगेर रात्रि विश्राम गरेका परिक्रमामा सहभागी श्रद्धालुभक्तजन आज बिहानैदेखि महोत्तरी गाउँपालिका स्थित मडैको लागि प्रस्थान गरेका हुन् । परिक्रमाको टोली मडै पुगेपछि आज त्यहाँ भव्य मेला लाग्ने छ ।
मडैबाट परिक्रमा टोली हिँडेपछि भोली दिउँसो ध्रुवकुण्ड पुग्छन् । त्यहाँ राति विश्राम पश्चात क्रमशः कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् । जनकपुरमा फागु पूर्णिमाको दिन होलिका दहनपश्चात अन्तरगृह परिक्रमा गरी माध्यमिकी परिक्रमा समापन हुने गर्छ ।
नेपाल र भारतको सीमाक्षेत्रका जनताबीच सामाजिक तथा धार्मिक सद्भावका लागि अति नै महत्वपूर्ण मानिएको यो परिक्रमाको क्रममा नेपालका १३ र भारतका दुई गरी जम्मा १५ वटा विश्रामस्थलहरुमा परिक्रमाबासीले विश्राम गर्ने गर्छन् । जम्मा १ सय ३३ किलोमिटर पैदल यात्रा गर्ने परिक्रमाबासीहरु यस अवधिभरीको लागि आफ्नो गाँस, बास र कपासको व्यवस्था गरेर हिँड्छन्
फागुन ८ गते धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान राम र जनकपुरको अग्नीकुण्डबाट जानकीको डोलासहित परिक्रमा सुरु भएको थियो ।
परिक्रमाका सम्बन्धमा मिथिला महात्म्यमा चर्चा भएको पाइन्छ । मिथिला महात्म्य १८ औँ शताब्दीमा लेखिएको साधुसन्तहरु बताउँछन् । यस हिसाबले मिथिला मध्यमा परिक्रमा १८ औं शताब्दीभन्दा पहिले नै सुरू भएको अनुमान छ ।
परिक्रममा सहभागी हुँदा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ । चारधामको दर्शन गरे बराबरको फल प्राप्तीका लागि परिक्रममा सहभागी हुने गरेको साधुसन्तको भनाई छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर