Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

महोत्तरीमा महिला धार्मिक अगुवा समुह तथा बालक्लबहरुलाई अपाङ्गता बारे अभिमुखीकरण कार्यक्रम

प्रतिक्षा खबर
२०७९ चैत्र ३०, बिहीबार २२:३३

गोपाल झा
महोत्तरी , चैत्र ३० गते
महोत्तरीको जलेश्वरमा परम्परागत हानिकारक अभ्यास न्यूनिकरणका लागि महिला धार्मिक अगुवा समुह तथा बालक्लबहरुलाई अपाङ्गता बारे अभिमुखीकरण कार्यक्रम गरीएको छ ।
निरन नेपालको आयोजन तथा वर्ल्ड भिजन ई. नेपालको सहयोगमा समाज प्रतिको चिन्तन अन्तरधार्मिक लगन नाराको संग महोत्तरीको जलेश्वरमा भएको अन्तरक्रिया कार्यक्रममा हिन्दु,मुस्लिम तथा इसाई धर्मका महिला धार्मीक अगुवाहरु महिला अधिकारकर्मी ,बाल क्लबका सदस्यहरु र पत्रकारको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल अपाङ्ग महिला संघ केन्द्रीय सदस्य नेहा सहनीले अशक्त, विपन्न, बेसहारा, अपाङ्गता भएका व्यक्ति उपर दयाभाव राख्नु पर्ने धार्मिक, सामाजिक सन्देशले दीक्षित हुँदै आएकोमा यो परम्परालाई तोड्दै अपाङ्गतालाई दया होइन अधिकारसँग जोड्नु पर्ने र अपाङ्गता भएका व्यक्तिको राज्यले दिएको अधिकार सरह सार्बजनिक स्थल सरकारी तथा गैर सरकारी संस्था बिद्यालय तथा धार्मिक स्थलमा सहज तथा सुलभ सेबा पाउनका लागी अपाङ्गमेत्री बाताबरणको निर्माण गर्न कानुनी ब्यबस्था लागु गर्ने बिषयमा जानकारी गराएकी हुन् ।

लोकतान्त्रिक नेपालले समाजका विभिन्न वर्गको मूलप्रवाहीकरण र समावेशितालाई उच्च महत्व दिएकाले राज्यका विधायिकी निकायदेखि प्रशासन तथा अवसरमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित भएको छ । कानुनका दृष्टिमा सबै नागरिक समान हुने औपचारिक विश्व मान्यताबाट माथि उठेर नेपालले शारीरिक अवस्था, अपाङ्गता तथा स्वास्थ्य स्थितिका आधारमा उनीहरूलाई विशेष संरक्षण, सशक्तीकरण वा सुविधा प्रदान गर्न सकिने अधिकारमुखी प्रावधान संविधानमै अङ्कित गरेको छ । संविधानतः संसद्मा सहभागी हुन पाउनेदेखि अपाङ्गता भएका नागरिकलाई निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ । यसैगरी दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट शिक्षा पाउने हकले अपाङ्गता भएका व्यक्तिलाई सम्मान र न्याय गरेको छ । हाल भइरहेका संवैधानिक तथा कानुनी प्रावधानमा समयानुकूल परिमार्जन गर्दै अपाङ्गता भएका व्यक्तिको पूणर् मानवअधिकार संरक्षण गरी समानतामूलक समाज स्थापनामा नेपालले विशिष्ट योगदान दिनसक्छ । विपन्नता र अपाङ्गताबीच गहिरो सम्बन्ध हुन्छ । मातृशिशु कल्याणका काम हुन नसक्दा वा गर्भावस्थामा आवश्यक आहाराको अभावमा एउटी आमाले अपाङ्ग बच्चा जन्माउनुपर्ने मात्र होइन जन्मेपछिको कुपोषणले हुने अपाङ्गताका पीडा नयाँ होइनन् । यस्ता दुष्चक्रलाई पराजित गर्न विश्वस्तरमा विभिन्न आर्थिक, सामाजिक कार्यक्रम गरिँदै आएको छ । नेपालले पनि गच्छेअनुसार विगत लामो समयदेखि यसक्षेत्रमा सरकारी र गैरसरकारी निकायमार्फत पहल गर्र्दै आएको छ । यस्ता पहललाई अझै सघन बनाउनुपर्ने आवश्यकता छ । अवसर र आम्दानीले अपाङ्गताका मनो-सामाजिक चोट कम गर्न सकिन्छ । विपन्न छ, अपाङ्ग पनि छ भने उसको जीवन कष्टकर हुनेछ जबकि आम्दानीका अवसर प्रदान गरेर अपाङ्तामैत्री दिएर यस्तो समस्याको न्यायपूणर् उपचार गर्न सकिन्छ । हात चल्नेले हात चलाएर, मस्तिष्क चल्नेले मस्तिष्कको उर्वरत्वबाट आर्थिक स्वावलम्बन प्राप्त गरी परिवार र समाजको बोझ होइन उदाहरणीय व्यक्ति बन्न सक्छ ।

अन्तरक्रियामा कस्ता ब्यक्तीलाई अपाङ्गता भएका व्यक्ति भनिन्छ । कस्ता ब्यक्तीलाई अपाङ्गता भएका असहाय व्यक्ति भनिन्छ , अपाङ्गताको प्रकार कसरी छुटयाईएको छ , अपाङ्गता भएको बालबालीकाको थप अधिकार सहित कानुनमा के कस्ता अधिकारको ब्यबस्था रहेको बारे जानकारी गराइृएको थियो ।
निरन नेपालको प्रदेश संयोजक तथा प्रोग्राम अफिसर आशिष चौधरीले कार्यक्रम भरी विच विचमा सहजिकरण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर