Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

खानेपानीका हाकिमलाई जनकपुरमा अर्धनग्न घुमाउने जनमत पार्टीका १७ जना विरुद्ध मुद्दा दायर

प्रतिक्षा खबर
२०७८ कार्तिक ५, शुक्रबार १८:०५

जनकपुरधाम, कार्तिक ५ गते ।
जनकपुरमा खानेपानीका हकिममाथि अमानबीय व्यबहार गर्ने जनमत पार्टीका १७ जनाविरूद्ध मुद्दा दायर गरिएको छ ।
खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई बिहीबार दिउँसो कार्यालयबाट नियन्त्रणमा लिइ अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराउने १७ जना विरुद्ध मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सरकारी वकिलको कार्यालयमार्फत् उनीहरु विरूद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा चलाइएको हो ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार कर्मचारीलाई अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्ने अधिकांश सिरहा, सर्लाही र महोत्तरीका छन् ।
जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको उनले बताए।
यो मुद्दामा क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।
जनकपुरधाम उपमहानगरपालिका(८ स्थित बलवा टोलमा पार्टी अध्यक्ष सिके राउतको बसोबास रहेको घर छेउको सडकमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहामाथि उनका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुरूमा १० जनालाई नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई रिहा गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी राउतका कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि थप ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि १७ जनामाथि मुद्दा दर्ता गर्ने र बाँकीलाई छोड्ने निर्णय भएको डिएसपी बस्नेतले बताए।
पक्राउ गरेका ४५ जनालाई बिहीबारै अबेर राति हिरासमुक्त गरिएको थियो। टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर