Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

अदालतबाहिर सीके राउतपत्नीको रोदन– माइतबाट ल्याएको पैसा सकियो, बच्चा पाल्न सुन पनि बेचें !

प्रतिक्षा खबर
२०८१ मंसिर २३, आईतवार २३:०९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले दायर गरेको सम्बन्धविच्छेद मुद्दालाई मेलमिलापमा पठाउन ललितपुर जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश टेकराज जोशीको इजलासले आइतबार उक्त मुद्दामाथि सुनुवाइ गर्दै मेलमिलापमा पठाउने आदेश गरेको हो ।

सीके राउतकी श्रीमती सोनीको तर्फबाट कानून व्यवसायीले राउतको  जग्गाजमिनसहित सम्पत्ति विवरण मगाउन इजलाससमक्ष माग गरेका थिए ।

२०८१ भदौ १२ गते राउतले श्रीमती सोनी सिन्धु रानीलाई प्रतिवादी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेका थिए । ‘सन्तान समेत आफूसँगै राख्न पाउने गरी अंश दिलाई सम्बन्धविच्छेद गराईपाऊँ’ भन्ने उनको माग दाबी थियो ।

तर, उनकी श्रीमती सोनीले आफूले समबन्धविच्छेद नचाहेको भन्दै प्रत्युत्तर दिएकी थिइन् ।  गत कात्तिक २५ गते र मंसिर ९ गते न्यायाधीश पुनाराम खनालको इजलासमा उक्त मुद्दाको पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो ।

तर, आइतबार भने १३ औं नम्बरमा पेशी सूचीमा रहेको उक्त मुद्दामा सुनुवाइ गर्दै मेलमिलापका लागि पठाउने आदेश भएको हो ।

छुट्टाछुट्टै बस्छन् राउत दम्पती

मुद्दा दायर भएर जिल्ला भ्रमणमा गएका राउत काठमाडौं फर्किएपछि छुट्टै कोठा भाडा लिएर बसिरहेका छन् भने सोनी ललिता यादवको नाममा रहेको पुरानै घरमा बसिरहेकी छन् ।

दुवैजनाले एकअर्काविरुद्ध प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलले तत्कालका लागि विवाद साम्य पारेको थियो ।

राउतले आफ्नो तलब ६५ हजार रुपैयाँ मात्र रहेकाले आधा तलब दिने भन्दै मासिक ३३ हजार रुपैयाँ श्रीमतीको बैंक खातामा पठाउने गरेका छन् ।

तर, उक्त रकमले बालबच्चा पालनसहितको खर्च धान्न नसकिएको सोनीको गुनासो छ ।

null

‘केही समयअघि माइतबाट ल्याएको ५० हजार भारु पनि सकियो, सुन पनि बेचें,’ उनले भनिन्, ‘यहाँ चिनेजानेकासँग झन्डै ४५ हजार रुपैयाँ ऋण लिएको पनि सकिइसक्यो ।’

राउतले दिने गरेको मासिक ३३ हजार रुपैयाँले नपुगेको उनको गुनासो छ ।

मुद्दा दर्ता गरेर जिल्लाबाट काठमाडौं फर्किएपछि श्रीमान राउतसँग बोलचाल वा कुनै किसिमको सम्पर्क नरहेको उनले खुलाइन् ।

‘कसरी घर चलाइरहेको छु, के कति गाह्रो/साह्रो भएको छ, त्यस विषयमा अहिलेसम्म उहाँले कुनै खोज खबर लिनुभएको छैन,’ उनले गुनासो गरिन् ।

जनमत पार्टीका कार्यकर्ता निहालसिंह राजपूतले आफ्नो जासुसी गरिरहेको आरोप उनको छ ।

‘निहालसिंह राजपूत नाम गरेका जनमत पार्टीका कार्यकर्ताले मेरो जासुसी गर्ने गरेका छन्,’ उनले थपिन्, ‘त्यसबाहेक बा ९७ प ६७५३ नम्बरको मोटरसाइकलमा आएका व्यक्तिले पनि मेरो पिछा गर्दै फोटो/भिडियो खिचेर लगेका छन् ।’ ती व्यक्तिलाई निहालसिंह राजपूतले नै परिचालन गरेको उनको आरोप छ । यस विषयमा राजपूतसँग प्रतिक्रिया लिन खोज्दा फोन उठेन ।

अदालतबाट मेलमिलापको आदेश भएपछि मेलमिलाप हुने आशा जागेको उनी बताउँछिन् । अदालतबाट न्याय पाउनेमा विश्वस्त रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर