Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

मन्दिरमा चोरी गर्दागर्दै रहमान मियाँ पक्राउ

प्रतिक्षा खबर
२०८३ भाद्र ५, शुक्रबार १६:५३

जनकपुरधामको गंगासागर दक्षिणी डिलस्थित प्रसिद्ध धार्मिक स्थल बाबा भूतनाथ मन्दिर (स्वर्गद्वारी) मा मध्यराति चोरी भएको छ। चोरीमा संलग्न एक जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ भने अर्का एक जना फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा मोतिफर रहमान मियाँ रहेका छन्। राति करिब १ः३० बजे दुई जना चोर मन्दिरभित्र प्रवेश गरी भूतनाथको चाँदीको जलढरी, नाग, चार देवताको चाँदीका मुकुटलगायत बहुमूल्य धातुका गरगहना चोरी गरिरहेका थिए।

मुकुट उखेलेपछि आवाज आएपछि मन्दिरको पूर्वतर्फको घरको छतमा सुतिरहेका युवाहरू ब्युँझिएका थिए। सुरुमा श्मशानघाट नजिक भएकाले भूत हुन सक्ने डराए पनि छतबाट हेर्दा मानिस र गहना देखेपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए।

मन्दिरबाट करिब १५० मिटरको दूरीमा रहेको प्रहरीले सूचना पाएलगत्तै करिब दुई मिनेटमै घटनास्थल पुगेर चोरी गरी बाहिरिँदै गरेका एक जनालाई पक्राउ गरेको हो। अर्का व्यक्ति भने भाग्न सफल भएका छन। समाजसेवी पवन सिँघानियाँका अनुसार आफूलाई राति करिब २ बजे घटनाबारे जानकारी भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर