Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

मन्दिरमा चोरी गर्दागर्दै रहमान मियाँ पक्राउ

प्रतिक्षा खबर
२०८३ भाद्र ५, शुक्रबार १६:५३

जनकपुरधामको गंगासागर दक्षिणी डिलस्थित प्रसिद्ध धार्मिक स्थल बाबा भूतनाथ मन्दिर (स्वर्गद्वारी) मा मध्यराति चोरी भएको छ। चोरीमा संलग्न एक जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ भने अर्का एक जना फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा मोतिफर रहमान मियाँ रहेका छन्। राति करिब १ः३० बजे दुई जना चोर मन्दिरभित्र प्रवेश गरी भूतनाथको चाँदीको जलढरी, नाग, चार देवताको चाँदीका मुकुटलगायत बहुमूल्य धातुका गरगहना चोरी गरिरहेका थिए।

मुकुट उखेलेपछि आवाज आएपछि मन्दिरको पूर्वतर्फको घरको छतमा सुतिरहेका युवाहरू ब्युँझिएका थिए। सुरुमा श्मशानघाट नजिक भएकाले भूत हुन सक्ने डराए पनि छतबाट हेर्दा मानिस र गहना देखेपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए।

मन्दिरबाट करिब १५० मिटरको दूरीमा रहेको प्रहरीले सूचना पाएलगत्तै करिब दुई मिनेटमै घटनास्थल पुगेर चोरी गरी बाहिरिँदै गरेका एक जनालाई पक्राउ गरेको हो। अर्का व्यक्ति भने भाग्न सफल भएका छन। समाजसेवी पवन सिँघानियाँका अनुसार आफूलाई राति करिब २ बजे घटनाबारे जानकारी भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर