Advertisement
ताजा खबर
रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

☰

प्रहरी मेरो साथी’को नारालाई यथार्थमा रुपान्तरण गर्न मुख्यमन्त्री राउतको निर्देशन

प्रतिक्षा खबर
२०७७ आश्विन ३०, शुक्रबार १९:४१

जनकपुरधाम, असोज ३० । मुख्यमन्त्री लालबाबु राउतले प्रहरी मेरो साथीको नारालाई यथार्थमा रुपान्तरण गर्न प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको छ ।
६५ औ नेपाल प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल प्रहरीलाई जनता संगको सुमधुर सम्बन्ध कायम गर्न प्रहरी मेरो साथी भन्ने नारालाई याथर्थमा रुपान्तरण गर्नु पर्ने बताउनु भयो ।
सिमित स्रोत साधनका बीच जनताको जीउ धनको सुरक्षामा अहोरात्र खटिदै आएकोमा प्रहरीहरुप्रति धन्यवाद ज्ञापन गर्नु हुँदै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत प्रहरीहरुको भूमिका सराहनीय हुने विश्वास व्यक्त गर्नु भयो ।
अपराधका प्रकृतिहरु फरक हुँदै गएको अवस्थामा अपराध नियन्त्रण गर्न प्रहरीलाई अत्याधुनिक स्रोत साधन सम्पन्न बनाउन प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्नु भयो ।
प्रहरी नायव महानिरीक्षक धिरजप्रताप ंिसंहको अध्यक्षतामा भएकोउक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, राज्यमन्त्री सरोजकुमार सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा अमर तथा शहिद प्रहरीका परिवारजन, नेपाली प्रहरीलाई सहयोग गर्ने संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर