Advertisement
ताजा खबर
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

अस्पतालको चक्कर काट्दाकाट्दै ज्यान गुमाएकी महिलामा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ श्रावण २५, आईतवार ११:२६

सुरेश बिडारी
२५ साउन, वीरगञ्ज । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
योसँगै साउन महिनामा मात्रै पर्सामा कोरोनाले ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । यीबाहेक एउटा बेवारिसे शवमा पनि कोरोना पुष्टि भएको थियो । यसैगरी बाराका २ जना र रौतहटका १ जनाको पनि कोरोना संक्रमणबाट वीरगञ्जमै मृत्यु भएको थियो ।
स्वास्थ्यमा समस्या भएपछि २० वर्षीया ती महिलालाई उपचारका लागि आफन्तजनले अस्पतालमा शुक्रबार रातभर वीरगञ्जका विभिन्न अस्पताल डुलाएका थिए । आधा दर्जन अस्पतालको ढोका ढकढकाउँदा समेत कुनै पनि अस्पतालले विरामी भर्ना गर्न नमानेपछि अन्त्यमा शनिबार बिहान २ बजेतिर नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार शुरु गरिएको केहीबेरमै मृत घोषणा गरिएको थियो ।
वैदेशिक रोजगारीमा गएका श्रीमानले बेवास्ता गरेपछि उनी ज्याला मजदुरी गरेर ४ वर्षीया छोरीसहित वीरगञ्ज बस्दै आएकी थिइन् ।
नारायणीसहित वीरगञ्जका अधिकांश निजी अस्पतालले भर्ना नलिएकै कारण उनको मृत्यु भएको आरोप आफन्तजनले लगाएका छन् । कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंह अस्पतालमा आइपुग्दा नै उनी अन्तिम अवस्थामा पुगेकाले बचाउन नसकिएको बताउँछन् ।
पछिल्लो समयमा वीरगञ्जको नारायणी लगायत निजी अस्पतालले कोभिडको आशंकामा ज्वरो आएको र स्वास प्रश्वासमा समस्या देखिएका विरामीका विभिन्न बहानामा उपचार नगरी फर्काउने गरेका छन् । पछिल्लो तीन दिनमा मात्रै यस्ता चार वटा घटना सार्वजनिक भएका छन् ।
शनिबार वीरगञ्ज राधेमाईका ७५ वर्षीय वृद्धको पनि उपचार नपाएरै मृत्यु भएको स्थानीयले बताएका छन् ।
अनलाइा खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर