Advertisement
ताजा खबर

चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल आइपुगे

प्रतिक्षा खबर
२०८३ भाद्र १८, बिहीबार १९:५८

१८ भदौ, सिन्धुपाल्चोक (चौतारा) । रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ जना नेपाली बिहीबार तातोपानी नाका हुँदै नेपाल आइपुगेका छन् ।

बाढीका कारण चीनतर्फ फसेका १४७ नेपालीमध्ये ११४ जनालाई चिनियाँ पक्षले सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार, नेपाल आइपुगेका ११४ जनामध्ये ११३ जना रसुवाका नागरिक छन् भने एक जना काठमाडौंका रहेका छन् ।

चिनियाँ पक्षले नेपाल फर्काइएका नागरिकको राहदानी नम्बरलगायत विवरणसमेत नेपाली अधिकारीलाई उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

‘आज चिनियाँ प्रतिनिधिले विभिन्न जिल्लाका ११४ जना नागरिकलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा हामीलाई जिम्मा लगाएका छन्,’ घिमिरेले भने । नेपाल आइपुगेका उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं लैजाने तयारी गरिएको छ ।

रसुवामा आएको बाढीका कारण ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक प्रभावित भएका थिए । बाढीपछि चीनतर्फ फसेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने पहल भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर