गोपाल झा
महोत्तरी,असोज ११ गते
भारत बाट नेपालछिरेका हातहतियार सहित एकजना भारतीय युवालाई महोत्तरी प्रहरीले पक्राउ गरेका छन् । पेस्तोल र ताला फेडने जस्ता हतियारसहित पक्राउ पर्नेमा भारत बिहार राज्यका सितामढी जिल्ला जयनगर ग्रामपंचायत ११ बस्ने रामचन्द्र महतोको २४ बर्र्षीय छोरा बलबिन्द्र महतो रहेको महोत्तरी प्रहरीले जनाएका छन् ।
बुधबार बेलुका करीब पाँच बजे भारतबाट नेपाल आएँदै गरेको बीर.आर. ३० के ३४२९ र बीर.आर. ५५ ए २७२५नम्बरको मोटसाईकललाई शंकालागेपछी चेकजाँच गर्दा बीर.आर. ३० के ३४२९ नम्बरको मोटरसाईकलको डिक्कीमा कटुवा पेस्तोल, एक राण्ड गोली, फलामको किल्ला उखेल्ने रड र पेचकस बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिएका हुन् । उक्त मोटरसाइकलसंगै आइरहेको बी.आर. ५५ ए २७२५ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएको मोटरसाईकल सहीत हतीयार र भारतीय युबकलाई जिल्ला प्रहरी कार्यालय लगी बिशेष अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।







