Advertisement
ताजा खबर

शसस्त्र प्रहरी सम्सी द्वारा भन्सार छली ल्याएका फलफुल पक्राउ

प्रतिक्षा खबर
२०७६ फाल्गुन १, बिहीबार १३:४१

प्रतीक्षा खबर समाचारदाता- अरुण कुमार यादव,
शसस्त्र प्रहरी सम्सी द्वारा भन्सार छली ल्याएका फलफुल पक्राउ गरेको छ।

शसस्त्र प्रहरी सम्सीको गस्ती टोलीले जेकजाँच गर्दा बिहिबार विहान ८ बजे सम्सि बजार भन्दा उत्तरबाट फलफुल पक्राउ गरिएको छ। पक्राउ परेको फलफुलमा सुन्तला १० कार्टुन, अनार २५ कार्टुन, प्याज ३०० के जी रहेको छ।
भारतिय बजारबाट ओटोमा राखी अबैध फलफुल ल्याइरहेको समयमा शसस्त्रको मोबाइल टोलीले चेकजाच गर्ने क्रममा पक्राउ गरिएको छ।


पक्राउ गरिएको फलफुलको बजार मूल्य लगभग ६० हजार रहेको छ। पक्राउ परेको फलफुललाइ आवशयक कार्यबायीको लागि भन्सार कार्यालय जलेश्वर पठाइएको कुरा स. प्र. नी. नमराज पुडासैनीले बताएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर