Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सामुहिक बलात्कार गर्ने दुई जनालाई स्थानियले जलाए जिउदै

प्रतिक्षा खबर
२०७९ जेष्ठ २६, बिहीबार २२:३१

भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई जिउँदै जलाइएको छ। घटना भएकाे थाहा पाएपछि भीडले मोटरसाइकलसहित ती युवाहरूलाई जिउँदै जलाएका हुन्। जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्। घटना जिल्ला सदरमुकामबाट करिब १५ किलोमिटर टाढा सदर प्रहरी चौकी क्षेत्रको बसुहा पञ्चायतको एउटा गाउँको हो।
मृत्यु हुनेमा सुनिल उराँव छन्। आशिष उराँवको अवस्था भने गम्भीर रहेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ। घटनापछि सो क्षेत्रमा तनाव बढेको छ। गाउँमा प्रहरीहरु बाक्लो रुपमा परिचालन गरिएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। प्रहरीले बिहीबार बिहान पनि धेरैलाई सोधपुछ गरेको थियो।
स्थानीयवासीका अनुसार नाबालिका आमा बुवासँग लोहरदगाको भण्डारामा गएकी थिइन्। फर्कनका लागि आमाबुवा छोरीसँगै बस स्ट्यान्डमा उभिरहेका थिए। यसै क्रममा छिमेकी गाउँका साथीसहित ती युवा मोटरसाइकल लिएर आए। बाटोमा उभिनुको कारण परिवारलाई सोधे भने बालिकाका बुवाले बस कुरिरहेको बताए।
बालिकाका आमाबुबाले घर छिट्टै पुग्नु छ भनेपछि दुवै युवाले नाबालिग बालिकालाई मोटरसाइकलमा लिएर हिँडे। आमाबुवा साँझ अबेर घर पुग्दा पनि बालिका घरमा थिइनन्, त्यसपछि परिवारका सदस्यले बालिका खोज्न निस्किए। सो लगत्तै छिमेकी गाउँमा गम्भीर अवस्थामा बालिका फेला परिन्।
बालिकाले आफूलाई दुबै युवकले बलात्कार गरेको परिवारका सदस्यहरुलाई बताइन्। त्यसपछि परिवारका सदस्य दुवै युवकलाई खोज्न निस्किए। छिमेकी गाउँमा दुवै युवकलाई मोटरसाइकलसहित फेला पारे। त्यसपछि गाउँका महिला र पुरुष दुवै युवकलाई सोधपुछ गर्न पीडित बालिकाको गाउँ पुगे। बालिकाले युवकहरुसामु पूरा घटनाक्रम सुनाइन्।
बालिकाको बयानपछि गाउँलेहरूले दुवै युवकहरुलाई कुटपिट गरे र मोटरसाइकलसहित दुवैको शरीरमा मट्टीतेल छर्केर आगो लगाइ दिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। दुवै युवालाई अस्पताल लगिएको छ। जसमा उपचारका क्रममा एक युवकको मृत्यु भएको छ। घटनापछि उक्त क्षेत्रमा तनावग्रस्त भएको छ।बाक्लो रुपमा प्रहरी गाउँमा परिचालन गरिएको छ।
दुई जनालाई जिउँदै जलाएको घटनापछि गाउँमा ठूलो संख्यामा फौज तैनाथ भए पनि प्रहरीले संवेदनशील विषय भएको भन्दै थप जानकारी दिन नमानेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। इलाका प्रमुख मनिषचन्द्र लालले घटनाको अनुसन्धान भइरहेको, केही सुराक फेला परेको बताए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर