Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

सर्लाहीमा पनि भोलिदेखि निषेधाज्ञा हुने

प्रतिक्षा खबर
२०७७ श्रावण २०, मंगलवार १६:२९

प्रतिक्षाखब
रामगाेपालपुर, साउन २० गते
कोरोना संक्रमितहरुको सङ्ख्या बढ्दै गएपछि सर्लाहीमा पनि भोलिदेखि निषेधाज्ञा हुने भएको छ ।
प्रदेश २ को बारा, पर्सा र सप्तरी जिल्लाभर निषेधाज्ञा जारी भएको समय सर्लाहीमा समेत भोलि विहान ६ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
नेपाल सरकारले संक्रामण रोग ऐन २०२० को दफा २ ले दिएको अधिकारको प्रयोग गरी कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको सिफारिस बमोजिम साउन २१ गते विहान ६ बजेदेखि साउन २७ गते राति १२ बजे सम्म लागुहुनेगरि निषेधाज्ञा जारी गरिएको सीडीओ पौडेलले बताए ।
यस निषेधाज्ञा अवधिमा औषधि उपचार, खाद्यान वस्तु खरिद, पेट्रोलिय पदार्थ खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन आदेश जारी गरिएको छ ।
यस अवधिमा अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेको गाडी, दमकल, दुध बोक्ने र खाद्यान वस्तु बोक्ने सवारी साधन, शव वाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारको सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्लाभर संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
अहिले सम्म प्रदेश २ को ८ वटा जिल्ला मध्ये ४ वटा जिल्लाभर निषेधाज्ञा लगाइएको छ भने अन्य जिल्लाको केहि भागहरुमा निषेधाज्ञा लगाइएको छ ।
अहिले सम्म बारा, पर्सा र सप्तरीमा जिल्लाभर निषेधाज्ञा लगाइएको थियो भने भोलीदेखि सर्लाहीमा समेत निषेधाज्ञा लगाउने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर