Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

अनाधिकृत निकायबाट आएको अभिव्यक्ति गलत, अपरिपक्व र भ्रामक : प्रबक्ता साह

प्रतिक्षा खबर
२०७८ कार्तिक २९, सोमबार २०:०१

जनकपुरधाम, २९ कात्तिक । प्रदेश २ सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले साइकल वितरणसम्बन्धी प्रसंगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक निष्कर्ष भन्दै पूर्वधारणा र दुराग्रह अभिव्यक्त हुनेगरी मातहतका तर अनाधिकृत निकायबाट आएको अभिव्यक्ति गलत, अपरिपक्व र भ्रामक रहेको बताएका छन् ।
प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत भएको साइकल खरिदमा प्रारम्भिक चरणको अनुसन्धानबाट भ्रष्टाचार भएको देखिएको आयोगका बर्दिवास प्रमुख कृष्णप्रसाद सापकोटाले दिएको अभिव्यक्तिलाई लिएर सरकारका प्रवक्तासाहले सो टिप्पणी गरेका हुन्
मन्त्री साहले कुनै पनि विषयमा आयोगले अनुसन्धान गर्ने विधि तथा अभियोजन गर्ने प्रक्रिया ऐनकानुनबाट निर्देशित रहेको भन्दै अभियोजनपछि विशेष अदालतले मात्र भन्न सक्ने कुरा अख्तियारका एउटा एउटा एकाइ प्रमुखबाट आउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरे ।
उनले भने, ‘साइकल खरिदसम्बन्धी विषयमा कसैसँग सोधपुछ वा बयानसम्म नभइसकेको अवस्थामा आयोगका बर्दिवास प्रमुखको भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्षसम्बन्धी धारणाले सम्मानित अदालतको अधिकारक्षेत्र प्रभावित गरेको छ । सरकारको छवि धमिल्याउन आएको त्यो अभिव्यक्ति खेदजन्य छ ।’
अनुसन्धानपछि अभियोजन गर्ने वा नगर्ने अधिकार आयोग अर्थात् प्रमुख आयुक्तसहित आयुक्तहरूको हुने हुँदा बर्दिवास प्रमुखका कथित भनाइ आपत्तिजनक र आफ्नै संस्थाको मान्यताविरुद्धमा रहेको प्रदेश सरकारको ठहर रहेको प्रवक्ता साहको कथन छ
मन्त्री साहले अख्तियारले अभियोजन गरे मुद्दामा प्रारम्भिक भ्रष्टाचार भएको देखिएमा विशेष अदालतले थुनामा पठाउने वा धरौटी लिई छाड्ने र त्यस्तो नदेखिए साधारण तारेखमा छाड्ने कानुनी व्यवस्था स्मरण गर्न समेत आग्रह गरे ।
अधिकार आयोगका बर्दिवास प्रमुखको अभिव्यक्तिबारे जानकारी प्राप्त गरी त्यस विषयममा आवश्यक सचेतताका लागि मातहतका कार्यालयलाई निर्देशन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराइने प्रवक्ता साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर