Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

बंगलादेश घटना विरुद्ध जनकपुरधाममा साधुसन्तको विशाल प्रदर्शन

प्रतिक्षा खबर
२०८२ पुष १०, बिहीबार १८:३३

जनकपुरधाम, पुस १० । बंगलादेशमा हिन्दु युवा दिपुचन्द्र दासको बर्बरतापूर्वक मुस्लिम अतिवादीहरुले गरेको हत्या विरुद्ध जनकपुरधाममा साधुसन्तहरुले विशाल विरोध प्रदर्शन गरेको छ ।

श्रीरामानन्दीय वैष्णव संघको आयोजनामा जानकी मन्दिरबाट शुरु भएको विरोध रैली मिल्स एरिया, भाुन, शिवचौक हुदै जनकचोक पुगेर कोणसभामा परिणत भएको थियो ।

वैष्णव संघका अध्यक्ष एवं जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको नेतृत्वमा निस्केको रैलीका सहभागीहरुले विश्वका हिन्दु एक हो , दोषीमाथि कारबाहीको लागि कुटनीतिक पहल गर, बंगलादेश सरकार मुर्दावाद जस्ता नाराहरु लगाएको थियो ।

प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बंगलादेशमा हिन्दुहरु माथि भइ रहेको बर्बरता तत्काल रोक्नका लागि कुटनीतिक पहल गर्न नेपाल सरकार संग माग गरे ।

दोषीलाई कडाभन्दा कडा कारबाही र अल्पसंख्यक हिन्दुहरु माथिको बर्बरता तत्काल नरोकिए नेपालमा रहेको बंगलादेशका दुतावास तत्काल फिर्ता गर्न समेत मांग गरेका छन ।

उनले नेपालमा बंगलादेशी रोहिङ्गियाहरु घुसपैठ गरिरहेको उल्लेख गर्दै अवैध घुसपैठ नरोकिए नेपालको अवस्था कमजोर तर्फ सचेत रहन आग्रह समेत गरे ।

प्रदर्शनमा हिन्दु सम्राट सेना, राष्ट्रिय एकता अभियान, हिन्दु समाज, विश्व हिन्दु परिषद लगायतका संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर