Advertisement
ताजा खबर
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ

गाउँपालिकामा फेरि तालाबन्दी

प्रतिक्षा खबर
२०७८ आश्विन २५, सोमबार १८:२९

धनुषाको बटेश्वर गाउँपालिकाका बालविकास शिक्षक तथा कर्मचारीहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्
तलव वृद्धिको माग गर्दै उनीहरूले सोमबार बिहान १० बजेको समयमा पालिकाका सम्पूर्ण बालविकास शिक्षक/शिक्षिकाले गाउँपालिकाको मूलढोकामा ताला लगाएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको बजेट भाषणबाट देशभरका सम्पूर्ण सामुदायिक विद्यालयका कार्यालय सहयोगी र बालबिकासमा कार्यरत शिक्षक/शिक्षकाको तलब वृद्धि गरेर १५ हजार दिने घोषणा गरेका थिए ।
१५ हजारमा ८ हजार संघीय सरकारले र ७ हजार स्थानीय सरकारले दिने गरी बजेट भाषण भएपनि स्थानीय सरकारले आफूहरूको तलव वृद्धि नगरेकोले तालाबन्दी गर्नुपरेको बताए ।
‘गएको जेठमा तत्कालीन ओली सरकारले गरेको बजेट भाषणबाट निमावि तर्फका र मावि तर्फका कार्यालय सहयोगीको तलब वृद्धि गरेर १५ हजार निर्धारण गर्नुभयो ।’, उनले भने, ‘१५ हजारमा ८ हजार संघीय सरकार र ७ हजार स्थानीय सरकारले दिने कुरा थियोे । तर, स्थानीय सरकारले दिएनन् ।
आन्दोलनरत शिक्षक कर्मचारीहरुले सरकारले तोकेअनुसारको तलव उपलब्ध गराउन आग्रह गरेका छन् । सरकारले आर्थिक बर्ष २०७८÷०७९ को घोषित बजेट अनुसार तलवभत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको आन्दोलनरत शिक्षिका कुशम महतोले बताइन् ।
‘छिमेकी स्थानीय तहहरुले नेपाल सरकारले घोषणा गरे बमोजिमको तलब वृद्धि गरेपनि यो गाउँपालिकाले आयव्यय नभएको कारण देखाउदै तलब दिन पन्छिएको छ ।’, उनले भनिन्
आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुले स्थानीय तहले समयमै माग सम्बोधन नगरे गाउँपालिकाभरका सबै सामुदायिक विद्यालयहरु बन्द गरेर सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
यता बटेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामलाल महतोले आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुबीच कात्तिक ११ गते बैठक बस्ने गरी सहमति भएको बताएका छन् ।
गाउँपालिकामा चाहिने जति बजेट शिक्षामा निकासी नभएकोले संघीय सरकारले निर्धारण गरेबमोजिमको तलब खुवाउन नसकेको बताए ।
‘अहिले गाउँपालिकाका केही कर्मचारी तथा पदाधिकारीहरु बाहिर रहेका कारण आउँदो कात्तिक ११ गते बैठक बस्ने गरी सहमति गरेर तलब उपलब्ध गराउने छु’, उनले टुडेपाटीसित भने ।
अहिले आन्दोलनरत बालबिकास शिक्षक तथा कर्मचारीहरुबीचको मौखिक सहमतिपछि गाउँपालिका कार्यालयको मुलढोकामा लगाइएको ताला खोलिएको महतोले जानकारी दिए ।
यसअघि गएको फागुन १७ गते गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले ८ लाख घुस प्रकरणमा समेत गाउँपालिकाको कार्यालयमा तालाबन्दी भएको थियोे ।टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर