• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदै


रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदै

आज श्रावण शुक्ल पूर्णिमा । रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर नदीको किनार र देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
धनुषाको जनकपुरधाम, धनुषसागर एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोना जोखिमका कारण धेरै स्थानका मेला स्थगित गरिएको छ ।
यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विगत वर्षमा सरकारले यस दिनको बिदा काटेकामा जनस्तरबाट व्यापक विरोध आएपछि बिदा दिइएको बताइएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

६ भाद्र २०७८, आईतवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

६ भाद्र २०७८, आईतवार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

६ भाद्र २०७८, आईतवार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

६ भाद्र २०७८, आईतवार
Next Post
सर्लाहीका स्थानीय तहमा बेरुजु असारमा मात्र १९.२६ प्रतिशत खर्च

सर्लाहीका स्थानीय तहमा बेरुजु असारमा मात्र १९.२६ प्रतिशत खर्च

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh