Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अंसारीको नागरिकता नक्कली !

प्रतिक्षा खबर
२०८२ पुष २३, बुधबार २१:२४

८ फागुन, काठमाडौं । मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष समिम अन्सारीले पेश गरेको नागरिकतासम्बन्धी कागजात नक्कली भएको पुष्टि भएको छ ।

अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी संसदीय सुनुवाई समितिमा परेको थियो । सुनुवाई समितिले संवैधानिक परिषद्लाई अन्सारीको सबै प्रमाणपत्र माग गरेको छ भने जिल्ला प्रशासन कार्यालयलाई नागरिकतासम्बन्धी सबै विवरण उपलब्ध गराउन भनेको छ । साथै निर्वाचन आयोगलाई पनि नेकपा केन्द्रीय समितिको सदस्यहरुको सूची माग गरेको छ ।

समिति स्रोतका अनुसार गरेको प्रारम्भिक अध्ययनका क्रममा समिमले संवैधानिक परिषदमा पेश गरेको नागरिकता र सरकारी ढड्डामा भएको तथ्यांक मिलेन ।

समिमले संवैधानिक परिषदमा पेश गरेको आफ्नो नागरिकताको फोटोकपीमा जन्ममिति ०३६ साल असोज २० गते र स्थायी ठेगाना काठमाडौं-९ उल्लेख गरिएको छ । ०५५ पुस २२ गते नागरिकता बनाएका उनले पेश गरेको नागरिकता पछि ‘प्रतिलिपि लिएको पाइएको छ ।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त कागजात भने फरक छ । नागरिकता बनाएको मिति सही छ । तर, समिमको जन्ममिति ०३० साल असोज २४ गते उल्लेख छ । साथै स्थायी ठेगाना काठमाडौं-१९ उल्लेख गरिएको छ ।

जिप्रकामा भएको ढड्डामा ०३० लेख्दा शुन्यमा भने केरमेट जस्तो बनाइएको छ । काठमाडौं महानगरका तत्कालीन उपप्रमुख विदुर मैनालीले नागरिकताका लागि गरेको सिफारिसमा पनि जन्ममिति ०३० साल असोज २४ गते स्थायी ठेगाना काठमाडौं-१९ नै छ ।

अझ शंकास्पद के भने जिप्रकामा भएको ढड्डा र समिमले पेश गरेको नागरिकताको फोटोकपी दुबैमा उनको नागरिकता जारी गर्ने सीडीओको नाम उल्लेख छैन । जिप्रका, काठमाडौंको ढड्डामा समिमभन्दा अघिल्लो र पछिल्लो नागरिकता लिनेको विवरणसँगै जारी गर्ने अधिकारीको नाम पनि उल्लेख गरिएको छ । तर, समिमको हकमा ‘द’ मात्र लेखिएको छ ।

उनीसँग भएको नागरिकतामा पनि जारी गर्ने सीडीओको नाम उल्लेख गरिएको छैन, हस्ताक्षर मात्र छ ।

सुनुवाई समितिका सदस्य भन्छन्, ‘उनको नागरिकता र शैक्षिक प्रमाणपत्र दुबै नक्कली भएको देखिन्छ । संवैधानिक परिषद् र जिप्रकाबाट सबै डकुमेन्ट आएपछि प्रष्ट हुन्छ ।’

समितिमा रहेका नेकपाका सांसदहरु समेत उनलाई अस्वीकृत गर्ने पक्षमा देखिएका छन् । यद्यपि नेकपा सांसदहरुले पार्टी नेताहरुसँग परामर्श गर्न बाँकी छ । अनलाइन डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर