• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकालाई हामीले नमूना गाउँपालिकाको रुपमा लैजाने प्रयास गर्‍यौं : अध्यक्ष यादव


साेनमा गाउँपालिकालाई हामीले नमूना गाउँपालिकाको रुपमा लैजाने प्रयास गर्‍यौं : अध्यक्ष यादव

गाउँपालिकामा पटक पटक विराेध किन भइरहेकाे छ ?
हाम्रो गाउँँसभा सफलतापूर्वक सम्पन्न भएको छ । गाउँसभा भएको ठाउँमा कुनै किसिमको विरोध भएको छैन । हाम्रो कार्यालयमा केही मान्छेहरु म नभएकाे बेला बिना जानकारी १मिनेटकाेलागि तालाबन्दी गरेका थिए । तर जानकारी हुने बितिकै म त्यहा पुग्दा गाउँलेहरुले नै ताला फुटाइसकेका थिए ।४/५जना हामिसंगै रहेकासाथिहरु जसले यसपालि गाउँपालिकाकाे काम पाएन र गाउँपालिकाका कुनै नियुक्ति न पाएपछि बिनाकामकाे समाजिक संजालमा बिराेध जनाइरहेका छन । वर्षाैदेखि विभिन्न पदमा नियुक्ति गर्न भन्दापनि कसैलाइ नियुक्ति नगरेकाेले यसाे गर्नलागेकाे बताए ।समाजिक संजालमा बिराेध गर्नेले नै पटक पटक उपभाेक्ता समिति बनाएर गाउँकाे काम गरेका छन त्यतिबेला ठिक थियाे यहिले काम न पाउँदा बेठिक कसरी भइहाल्याे ?काम गर्नेबेलामा ठिक र बेठिक हुँदै रहन्छ तर बेठिककाे प्रचार गर्ने र ठिककाे न गगरेपछि नै उनिहरुकाे मंसिक्ता के हाे बुझन सकिन्छ । हामीले नेपाल सरकारको मापदण्डअनुसार गाउँसभाका सम्पूर्ण सदस्यहरुको उपस्थितिमा ऐतिहासिकरुपमा सम्पन्न गरेका हौं । त्यसमा विविध क्षेत्रहरुलाई समेटेर हामीले लैजाने प्रण गरेका छौं । अहिलेसम्म हामीले साेनमा गाउँपालिकालाई एउटा उचाइको बिन्दूमा पुरयाउने प्रयास गरयौं । त्यसअन्तर्गत यसपटक पनि हामी नयाँ–नयाँ कार्यक्रम थपेर साेनमा गाउँपालिकालाई विकास र गतिशीलरुपमा अगाडि बढिरहेका छौं ।उधाेग, पर्यटन, शिक्षा ,कृषि र स्वास्थ्यलाई विशेष ध्यान दिएका छौं । कोभिड–१९ को तेस्रो लहर पनि नेपालमा फेला परिसकेको अवस्थामा त्यसलाई पनि मध्यनजर गरेका छौं । यसैगरी हामीले खानेपानी तथा सरसफाइलाई पनि प्राथमिकताका साथ अगाडि बढाएका छौं ।

तपाइँहरुको कार्यकालको अन्तिम वर्ष हो । यो अवधिमा जनताले स्थानीय सरकारको अनुभूति गरेका छन् त ?

हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आउँदा शून्यबाट सुरु गरेका थियौं । यो हाम्रो लागि ठूलो चुनौती थियो । यो गाउँपालिका ग्रामीण क्षेत्र र छिमेकी मित्रराष्ट्र भारतको सीमामा रहेको छ । विगतको चारवटा गाउँ विकास समितिलाई मिलाएर यो गाउँपालिका बनाइएको हो । पहिला यहाँ लथालिङ्ग अवस्थामा थियो । आवतजावत गर्न पनि समस्याहरु थिए । हामी निर्वाचित भएर आउँदा जनतालाई सोध्यौं कि मूलभूत समस्या के हो । उहाँहरुले सबभन्दा पहिला सडक र कृषि को समस्या उठाउनुभयो । हामीले सबभन्दा बढी सडक र कृषि मै काम गरयौं । यस गाउँपालिकालाई हामीले नमूनाको रुपमा लैजाने प्रयास गरयौं ।

चालु आर्थिक वर्षको कतिसम्म बजेट खर्च गर्न सक्नुभयो ?

हाम्रो नगरपालिकाको बजेट फ्रिज हुने अवस्था आउँदैन । अन्तिम समयमा संघ र प्रदेशले पठाएको पैसा चलाउन अलिकति अप्ठ्यारा हुन्छन्, किनकि त्यसलाई शतप्रतिशत खर्च नै गर्न सकिन्न । तर त्यसलाई काममा सदुपयोग गर्ने प्रयास हामी गर्छौं । बजेट फ्रिज गर्ने सवालै आउँदैन । किनभने हामीलाई काम गर्नकै लागि पैसा पठाएको हुन्छ । अहोरात्र खटेर पनि हामीले काम गरिरहेका छौं । तर अहिले महामारीका कारण निर्माण सामग्रीको अभाव हुने जस्ता अन्य कारणहरुले प्रभावित भएको हो ।
साेनमा गाउँपालिका छिमेकी मित्रराष्ट्र भारतको सीमासँगै टाँसिएको छ । कोरोनाको तेस्रो भेरियन्ट पनि देखा पर्न थालेको छ । कोरोनालाई मध्यनजर गर्दै बजेटमा के–कस्ता कुराहरु ल्याउनुभएको छ ?

कोरोना महामारीबाट बच्नका लागि सबभन्दा महत्वपूर्ण कुरो हो सतर्कता र जनचेतना । हरेक स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने, टोल–टोलमा गएर उपचार गर्ने, यदि कोरोनाका विरामी फेला परे भने उसको निगरानी गर्ने लगायतका कुराहरुमा बढी जोड दिएका छौं । यसैगरी, कोरोनाविरुद्धको भ्याक्सिनका लागि जिल्लासँग समन्वय गरेर हरेक नागरिकका लागि उपलब्ध गराउने र त्यसलाई प्राथमिकताका साथ अगाडि बढाउने योजनाहरु समावेश गरेका छौं । यस्तै, स्वास्थ्यकर्मीहरुको पनि जीवन रक्षाका लागि विशेष जोड दिने लगायतका कुराहरु गरेका छौं । त्यसकारणले हामी सजग छौं । भारतको सीमासँग टाँसिएको भएपनि हामी कोरोनाबाट त्यति प्रभावित भएनौं ।संक्रमितहरु स्वास्थ्य लाभ गरेको अवस्था छ । हामीले यसअघि नै एउटा कोष खडा गरेका थियाै ।

भनेपछि सीमासँग टाँसिएकोले उच्च जोखिममा रहँदा पनि गाउँपालिका खासै प्रभावित भएन ?
कोभिड महामारी फैलिने बित्तिकै हामीले त्यसबाट बच्नका लागि विभिन्न उपायहरु अपनाउन थाल्यौं । अहिले प्रविधिको युग छ र सञ्चार माध्यमको पनि ठूलो भूमिका रह्यो । हामीले सञ्चारका विभिन्न माध्यमहरुमार्फत् व्यापकरुपमा जनचेतना फैलायौं र जनता पनि त्यसप्रति सचेत भए । जसले गर्दा कोरोना महामारीबाट यो पालिकामा खासै प्रभाव परेन । अर्को कुरा महोत्तरी जिल्लाले बेलैमा निषेधाज्ञा पनि जारी गरयो । त्यसको कडाईका साथ हामीले पालना गरयौं ।
जनप्रतिनिधिको रुपमा तपाइँको कार्यकालको अन्तिम वर्ष हो । आगामी चुनावमा तपाइँको योजना के छ ?
म एउटा पार्टीमा आबद्ध भएको कार्यकर्ता हुँ । जिम्मेवारी दिने काम पार्टी हो । हाम्रो पार्टीपंक्तिले जे निर्देशन दिन्छ त्यहीं गर्ने हो । यदि पार्टीले मलाई फेरि पनि स्थानीय तहको जनप्रतिनिधिको रुपमा काम गर्ने जिम्मेवारी दियो भने त्यसलाई स्वीकार गर्छु । यदि अब यसभन्दा पनि अगाडि बढाउने निर्देशन आयो भने त्यसलाई पनि स्वीकारेर अगाडि बढछु । पार्टीलेकाे निर्देशन मान्नु नै पर्छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

९ श्रावण २०७८, शनिबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

९ श्रावण २०७८, शनिबार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

९ श्रावण २०७८, शनिबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

९ श्रावण २०७८, शनिबार
Next Post
ऋण लिएर भए पनि सबै जनतालाई खोप दिन्छौं : प्रधानमन्त्री देउवा

ऋण लिएर भए पनि सबै जनतालाई खोप दिन्छौं : प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित

नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh