Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

सञ्चारमाध्यमलाई सवल बनाउनेतर्फ कार्य भइरहेको अध्यक्ष यादव

प्रतिक्षा खबर
२०७७ चैत्र १, आईतवार २२:२८

राजविराज, १ चैत । आम सञ्चार प्राधिकरण, प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवले प्रदेशभरिका सञ्चारमाध्यमलाई सवल बनाउनेतर्फ कार्य भइरहेको बताएका छन् । सप्तरीको राजविराज आइतवार आयोजना गरिएको ‘सुरक्षित र व्यवसायिक पत्रकारिताका लागि महासंघको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम’मा बोल्दै उनले बताएका हुन् ।
उनले अधिकार प्राप्तिको लागि भएको विभिन्न आन्दोलनको बेला बन्द भएका सञ्चार माध्यमहरुलाई पुनः सञ्चालनमा ल्याउन गृह कार्य भइरहेको बताए । ‘बन्द भएका सञ्चारमाध्यमहरुलाई पुनः सञ्चालनमा ल्याउने हाम्रो योजना छ, जसअनुसार पहिलो चरणमा बन्द भएका सामूदायिक रेडियोहरु सञ्चालनमा ल्याउँछौं’ उनले भने–‘जसको लागि गृह कार्य थालिएको छ ।
सुरु देखि नै प्रदेश सरकार सञ्चारमाध्यमलाई सवल बनाउने दिशामा अघि बढेको उनले बताए । ‘अहिले सोहीअनुसार नै प्रदेशमा सञ्चार प्राधिकरण र मिडिया काउन्सिल गठन भएको छ र यी निकायले नै सञ्चारमाध्यम र सञ्चारकर्मीको संरक्षण गर्नेछ’ उनले भने–‘जसकालागि केही समय लाग्छ, यस कार्यमा यहाँहरुको पनि साथ र सहयोग त्यति नै चाहिन्छ ।
उनले अहिलेको अवस्थामा हामी सडकमै रहेर पनि सञ्चार क्षेत्रलाई सवल बनाउने दिशामा कार्य सुरु गरिसकेको बताए । ‘अहिले त हामीलाई पनि बस्नेसम्मको ठाउँ छैन्, हामी सडकमै छौं’ तर, पहिलो चरण अन्तर्गत सामूदायिक रेडियोहरुमा रहेको समस्याबारे अन्तरक्रिया गरे, अन्य सञ्चारमाध्यम र सञ्चारकर्मीसँग पनि छिट्टै अन्तरक्रियासहितका कार्यक्रम गर्ने हाम्रो योजना छ ।
पत्रकारिता पेशा नै संकटमा रहेको विषय आफुलाई पनि अवगत नै रहेको बताए । ‘श्रमजिवी पत्रकारको दुःख, समस्या, पिडा मैले नवुझेको पनि होइन्’ उनले भने–‘पत्रकारिता पेशा संकटमा छ र प्रदेश सरकार अवश्य पनि संकटलाई दुर गर्ने कुरा विश्वास छ ।’
मुलुकमा संघीयता आउनु सञ्चार क्षेत्रको ठुलो योग्दान रहेको उनले स्पष्ट गरे । ‘संघीयता ल्याउनमा सञ्चार क्षेत्रले निर्वाह गरेको भुमिका प्रदेश सरकारले बिर्सेको छैन्’ उनले भने–‘प्रदेश सरकारको अबको पाइला नै सञ्चार क्षेत्र र सञ्चारकर्मीको संरक्षण हो ।
अर्को प्रसंगमा बोल्दै अध्यक्ष यादवले पत्रकार आचार संहिताभित्र रहेर काम गर्न आग्रह गरे । ‘यद्यपी, कहीँ कत्तैबाट सञ्चारकर्मीलाई धाकधम्की वा तनाव दिने काम भयो भने त्यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याउन आफुहरु साथ र सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर