Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

दिबंगत पितृलाई जल अर्पण गर्दै आजदेखि सोह्रश्राद्ध अर्थात् पितृपक्ष सुरु

प्रतिक्षा खबर
२०७९ भाद्र २६, आईतवार २२:०८

गोपाल झा
महोत्तरी , भाद्र २६ गते
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आईतबार देखि सुरू भएको छ । सोह्रश्राद्धमा दिवंगत पितृको नाममा तर्पण, र पिण्डदान गर्ने परम्परा रही आएको छ ।
भाद्र पूर्णीमाबाट शुरुभएको पितृपक्ष आश्विन औंशीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यू तिथिका दिन हिन्दूधर्मावम्वीहरुले पितृकर्म अर्थात श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरीएर नयाँ जनै फेरेको हुनुपर्दछ ।
सोह्रवटा तिथिमा दिवंगत पितृको नाममा तर्पण र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भनिन्छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धाभक्तिका साथ सम्झिने वैदिक तथा हिन्दू शास्त्र परम्पराअनुसार सोह्रश्राद्ध गरीन्छ ।
वैदिक सनातन हिन्दू संस्कारमा श्राद्ध महत्वपूणर् कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजूभाईले गर्नेगर्दछन् ।
यो भन्दा पहिला हिजो शनिबार पुणर्ीमाका दिन बिहनै दिबंगत पिताका संतानहरु न्जिक रहेका तलाउ , पोखरी तथा नदिमा गएर अगस्त ऋषीको जल अर्पण गर्दै ऋषी तर्पण गरेका हुन् ।
पितृ पक्षमा दिबंगत पितृले आफ्नो संतान बाट जल तथा पिण्डको आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । पितृपक्षका वेला पितृलोकबाट दिवंगत पितृहरू पिण्ड, र जलको आसले मर्त्यलोकमा झर्छन् भनी धर्मशास्त्रमा उल्लेख छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला मांगलिक कार्य गर्नुअगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोदिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एकोदिष्ट पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र गया तीर्थमा गरिने गया श्राद्धहरू प्रचलित रहेका छन् ।
कुनै कारण श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्पहरु दिइएका छन् । सोह्रश्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । त्यस्तै कुनै कारणवश रोकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्को भनाई ।
पितृपक्षको कुरा गर्दा महाभारतको यूद्धसंग कथा जोडीएर आउँछ, महाभारतको यूद्धमा मृत्यूवरण गरेका दानवीर कणर्लाई स्वर्गमा भोजनका रुपमा सुनचाँदी बस्त्रआभूषण आदी प्रदान गरियो । भोजनकालागि बास्तविक खानानै आवश्यक पर्नेमा किन राजा ईन्द्रले उनलाई सुनचाँदी ईत्यादि खान दिएका भन्ने कौतुहलमा कणर्ले स्वर्गका राजा ईन्द्रलाई प्रश्न गर्दछन् । उत्तरमा ईन्द्रले दानवीर कणर्ले जीवनभरि सुनचाँदी आदिमात्र दान गरेको र पितृलाई भोजन दान नगरेको कारणले स्वर्गलोकमा भोजनका साटो सुनचाँदी पस्केको कुरा स्प्ष्ट पार्दछन् । यसरी आफूलाई यसबिषयमा थाहा नभएकाले जीवनकालमा पितृलाई भोजन दान नदिएको बताएपछि १६ दिनकालागि कणर्लाई पृथ्वीमा फिर्ता पठाएको किम्बदन्ति नै पितृ पक्षको शुरुवातका रुपमा मानिन्छ ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर