Advertisement
ताजा खबर
दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद

प्रतिनिधीसभा संसद विघटनको विरुद्धमा महोत्तरीको गौशालामा शनिवार मसाल जुलुश प्रर्दशन, चुनावको दिवास्वपन नदेख्न सरकारलाई केन्द्रिय सदस्य

प्रतिक्षा खबर
२०७७ पुष ११, शनिबार १९:१३

धनवीर महतो
गौशाला, पुस ११ गते ।
प्रतिनिधीसभा संसद विघटनको विरुद्धमा महोत्तरीको गौशालामा शनिवार मसाल जुलुश प्रर्दशन गरेको छ । जनता समाजवादी पार्टी गौशाला नगरकमिटीको पदाधिकारीहरुले सरकारको विरोधमा नारावाजी गर्दै मसाल जुलुश निकालिएको हो । गौशालास्थित पार्टी कार्यालयबाट निकालिएको जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै वजारको दुर्गा चौकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य रमेश महतो राहुलले प्रतिनिधीसभा विघटन गरेर सरकारले ऐतिहासिक गल्ती गरेको बताउनुभयो । केन्द्रिय सदस्य राहुलले अब सरकारले सो गल्ती नदोहर्याए पार्टी आन्दोलनलाई उग्ररुपमा लैजाने बताउदै अगाडि भन्नुभयो वर्तमान परिवेशमा प्रतिगामी शक्तिहरु चलखेल गरेतापनि जनताले सो को जवाफ दिनका लागि तयार रहेको छ । धर्मनिरपेक्षता र संघियताको मुद्दा बनाएर केही प्रतिगामीहरु लागि परेकोले सो को विरुद्धमा सशक्त भई आवाज बुलन्द गर्नका लागि नेपाली जनतालाई तयारी अवस्थामा बस्नका लागि केन्द्रिय सदस्य महतोले आग्रह गरेका छन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरि हिटलर झै तानाशाही प्रवृति अनाएकोले नेपाली जनताको सो मान्य नहुने महतोले दावी गनुभयो । जनताको अभिमतलाई कुण्ठित पारि नौटंकीपुणर् रुपमा चुनावको दिवास्वप्न नदेख्न सरकारलाई नेता महतोले चेतावनी दिनुभएको छ । कार्यक्रममा केनिद्रय सदस्य देव नारायण महतो, युवा संघका केन्द्रिय सदस्य दिपलाल महतो लगायतका जसपाका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर