Advertisement
ताजा खबर
दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद

मुख्यमन्त्री राउत द्वारा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास

प्रतिक्षा खबर
२०७७ मंसिर १५, सोमबार १९:३४

जनकपुरधाम, मंसिर १५ ।
मुख्यमन्त्री लालबाबु राउत ले बाराको कलैयामा ५० सैय्याको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास गर्नु भएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको योजनामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि मुख्यमन्त्री राउत सहितको टोलीले बाराको कलैया उपमहानगरपालिका वडा न १६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको लागी आज एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन ।
अस्पतालको शिलान्यास गर्नु हुदै मुख्यमन्त्री राउतले प्रादेशिक गौरवको योजनाको रुपमा अघि बढ्ने यस अस्पतालको निर्माणमा सबैको सहयोग आबश्यक रहेको बताउनुभयो ।
जिलला समन्वय समिति बारा का अध्यक्ष नवल किशोर सिहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रम्मा विशिष्ट अतिथिमा प्रतिनिधि सभा सदस्य रामसहाय यादव,
रामबाबु कुमार यादव, प्रदेश सभा सदस्य पारस प्रसाद साह ,ज्वाला साह , बाच्चा यादव,कलैया उपमहानगरपालिका का प्रमुख राजेश राय यादव सहितको सहभागिता रहेको थियो ।
शिलान्यास कार्यक्रममा कार्यक्रम बारे समाजिक बिकास मन्त्रालय प्रदेश २ का सचीव कृष्ण काप्रीले सहजीकरण गरेका थिए । काप्रीले ७ बिघा जगामा बहुबर्‍षिय योजना मा रहेको यो अस्पतालका लागि अहिले करिब ३२ करोड बजेट संघ सरकारबाट बितिय हस्तान्तरण भएर आउने र समाजिक बिकास मन्त्रालयले बनाउने जानकारी गराए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर