Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

गाैशालाका कर्मचारीहरुले कामकाज गर्न सहजीकरण गरिदिन सिडियाेलाई बुझाए ज्ञापनपत्र

प्रतिक्षा खबर
२०८० असार १०, आईतवार ०७:३१

महाेत्तरीकाे गाैशाला नगरपालिकाका उप-मेयरले कर्मचारीहरुलाई धम्कीपूर्ण शैलीमा वार्तालाप गरेको भन्दै, कामकाज गर्न सहजीकरण गराई दिन कर्मचारीहरुले सिडियाेलाई ज्ञापनपत्र बुझाएको छ ।
गाैशाला नगरपालिकाकि उप-मेयर रेणु देवी महताेले नगरपालिकाका कर्मचारीहरुलाई धम्कीपूर्ण शैलीमा वार्तालाप गरेको भन्दै, कामकाज गर्न सहजीकरण गराई दिन कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय जलेश्वर, महाेत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी ज्युलाई ज्ञापनपत्र बुझाएको हाे ।
नगरपालिकामा कार्यरत कर्मचारीहरुको अभिभावकको रुपमा प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै पनि नगरपालिकाको उपप्रमुखबाट कर्मचारीलाई अनावश्यक दबाब दिएको, निजले कर्मचारीलाई पालैपालो आफ्नो कार्यकक्षमा बोलाई कार्यालय बाहेकको व्यक्ति (आफ्नो नातेदार) सँग कार्यालयको नितान्त आन्तरिक कुराहरु गर्न लगाई कार्यालयको आन्तरिक प्रशासकीय वातावरण भङ्ग गर्ने, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ मा उपाध्यक्ष वा उपप्रमुखको अधिकार क्षेत्र सम्बन्धि स्पष्ट व्यवस्था हुँदाहुँदै पनि निजले आफ्नो अधिकार क्षेत्र बाहिर गएर कर्मचारीहरुलाई स्पष्टिकरण सोधेको, कर्मचारीलाई धम्कीपूर्ण शैलीमा वार्तालाप गरेकोले कर्मचारीलाई काम गर्ने वातावरण नभई मानस तनाव दिएकोले कामकाज गर्न सहजीकरण गरि शान्ति सुरक्षाको समेत व्यवस्था मिलाई दिनु हुन ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
जेष्ठ २१ गते नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत पूर्ण बहादुर केसीको अध्यक्षतामा तथा सम्पूर्ण कर्मचारीहरूको सामूहिक उपस्थितिमा बैठक बसी निर्णय गरेर ज्ञापनपत्र बुझाएको थिए ।
उहाँहरुलाई शान्ति सुरक्षा दिनलाई जिल्ला प्रहरी कार्यालयलाई पत्रचार गरेको छु समस्या समाधान गर्न छलफल भई रहेको जिल्ला प्रशासन कार्यालय महाेत्तरीका प्रमुख दिपक कुमार पहाडीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर