Advertisement
ताजा खबर
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित

☰

गाैशालाका कर्मचारीहरुले कामकाज गर्न सहजीकरण गरिदिन सिडियाेलाई बुझाए ज्ञापनपत्र

प्रतिक्षा खबर
२०८० असार १०, आईतवार ०७:३१

महाेत्तरीकाे गाैशाला नगरपालिकाका उप-मेयरले कर्मचारीहरुलाई धम्कीपूर्ण शैलीमा वार्तालाप गरेको भन्दै, कामकाज गर्न सहजीकरण गराई दिन कर्मचारीहरुले सिडियाेलाई ज्ञापनपत्र बुझाएको छ ।
गाैशाला नगरपालिकाकि उप-मेयर रेणु देवी महताेले नगरपालिकाका कर्मचारीहरुलाई धम्कीपूर्ण शैलीमा वार्तालाप गरेको भन्दै, कामकाज गर्न सहजीकरण गराई दिन कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय जलेश्वर, महाेत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी ज्युलाई ज्ञापनपत्र बुझाएको हाे ।
नगरपालिकामा कार्यरत कर्मचारीहरुको अभिभावकको रुपमा प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै पनि नगरपालिकाको उपप्रमुखबाट कर्मचारीलाई अनावश्यक दबाब दिएको, निजले कर्मचारीलाई पालैपालो आफ्नो कार्यकक्षमा बोलाई कार्यालय बाहेकको व्यक्ति (आफ्नो नातेदार) सँग कार्यालयको नितान्त आन्तरिक कुराहरु गर्न लगाई कार्यालयको आन्तरिक प्रशासकीय वातावरण भङ्ग गर्ने, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ मा उपाध्यक्ष वा उपप्रमुखको अधिकार क्षेत्र सम्बन्धि स्पष्ट व्यवस्था हुँदाहुँदै पनि निजले आफ्नो अधिकार क्षेत्र बाहिर गएर कर्मचारीहरुलाई स्पष्टिकरण सोधेको, कर्मचारीलाई धम्कीपूर्ण शैलीमा वार्तालाप गरेकोले कर्मचारीलाई काम गर्ने वातावरण नभई मानस तनाव दिएकोले कामकाज गर्न सहजीकरण गरि शान्ति सुरक्षाको समेत व्यवस्था मिलाई दिनु हुन ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
जेष्ठ २१ गते नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत पूर्ण बहादुर केसीको अध्यक्षतामा तथा सम्पूर्ण कर्मचारीहरूको सामूहिक उपस्थितिमा बैठक बसी निर्णय गरेर ज्ञापनपत्र बुझाएको थिए ।
उहाँहरुलाई शान्ति सुरक्षा दिनलाई जिल्ला प्रहरी कार्यालयलाई पत्रचार गरेको छु समस्या समाधान गर्न छलफल भई रहेको जिल्ला प्रशासन कार्यालय महाेत्तरीका प्रमुख दिपक कुमार पहाडीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर