Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

दसैंमा धनुषाका सबै शक्तिपीठमा बोका बली निषेध

प्रतिक्षा खबर
२०७७ कार्तिक ४, मंगलवार १८:४४

प्रतिक्षा खबर
जनकपुरधाम, कात्तिक ४ गते
प्रत्येक वर्ष विजयादशमीमा चढाइने बोका बली यसवर्ष धनुषाका सबै शक्तिपीठमा नचढ्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दे भिडभाड गरेर पूजाआजा नगर्न समेत प्रशासनले निर्देशन जारी गरको हो । गृह मन्त्रालयले गरेको निर्णय अनुसार नै धनुषाका सबै शक्तिपीठहरुमा भीडभाड गरेर पूजा पाठ नगर्न आग्रह गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
वडा दशैमा बोका बलीको लागि चर्चित जनकपुरधाम उपमहानगर पालिकाभित्र रहेको राजदेवी मन्दिरमा यसवर्ष कुभुण्डोको बली दिएर ‘क्षमापुजा’ गर्ने भएका छन् ।
सीडीओ भट्टराईका अनुसार मन्दिरमा कुभिण्डो काटेर बली दिने चलन पहिलेदेखि नै चल्दै आएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन अत्यधिक भीडभाड हुन नदिन सतर्कता अपनाइएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राजदेवी मन्दिरमा हुने बली प्रदानलाई रोकेर कुभुण्डो बलीलाई नै क्षमापुजाको रुपमा लिने सहमति गरेको जानकारी दिएका छन् ।
भीड हुन नदिन सुरक्षाको विशेष प्रवन्ध मिलाइएको छ । राजदेवी मन्दिरमा अष्टमीको राती एक दिन मात्र बली दिइन्छ । तर यस वर्ष पुजाको तयारी प्रारम्भ हुनुअगावै बली प्रदान नहुने निर्णय भएकाले भीड हुने सम्भवना नरहेको बताइन्छ । बिहान लड्डु चढाउने भीडलाई समेत नियन्त्रण गरिने धनुषाका प्रमुख उपरीक्षक रमेशकुमार बस्नेतले बताए
सबैलाई सरकारी निर्णयको पालना गर्न आग्रह गर्दै उनले सुरक्षा समितिको निर्णय विपरित कार्य नगर्न अनुरोध समेत गरे । गत वर्ष जनकपुरको राजदेवी मन्दिरमा १४ हजार बोका बली चढाइएको थियो ।टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर