Advertisement
ताजा खबर
दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद

प्रहरी मेरो साथी’को नारालाई यथार्थमा रुपान्तरण गर्न मुख्यमन्त्री राउतको निर्देशन

प्रतिक्षा खबर
२०७७ आश्विन ३०, शुक्रबार १९:४१

जनकपुरधाम, असोज ३० । मुख्यमन्त्री लालबाबु राउतले प्रहरी मेरो साथीको नारालाई यथार्थमा रुपान्तरण गर्न प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको छ ।
६५ औ नेपाल प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल प्रहरीलाई जनता संगको सुमधुर सम्बन्ध कायम गर्न प्रहरी मेरो साथी भन्ने नारालाई याथर्थमा रुपान्तरण गर्नु पर्ने बताउनु भयो ।
सिमित स्रोत साधनका बीच जनताको जीउ धनको सुरक्षामा अहोरात्र खटिदै आएकोमा प्रहरीहरुप्रति धन्यवाद ज्ञापन गर्नु हुँदै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत प्रहरीहरुको भूमिका सराहनीय हुने विश्वास व्यक्त गर्नु भयो ।
अपराधका प्रकृतिहरु फरक हुँदै गएको अवस्थामा अपराध नियन्त्रण गर्न प्रहरीलाई अत्याधुनिक स्रोत साधन सम्पन्न बनाउन प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्नु भयो ।
प्रहरी नायव महानिरीक्षक धिरजप्रताप ंिसंहको अध्यक्षतामा भएकोउक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, राज्यमन्त्री सरोजकुमार सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा अमर तथा शहिद प्रहरीका परिवारजन, नेपाली प्रहरीलाई सहयोग गर्ने संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर