Advertisement
ताजा खबर
एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ

एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा

प्रतिक्षा खबर
२०८३ श्रावण २, शनिबार २२:५८

गोपाल झा ,महोत्तरी , साउन गते

महोत्तरीको एकडारा गाउँपालिकाले सेवाग्राहीको सहज पहुँचलाई प्राथमिकता दिँदै वडा नं. १ स्थित एकडारा आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत सञ्चालन हुँदै आएको नियमित राष्ट्रिय खोप कार्यक्रमलाई थप विस्तार गरेको छ । यसअघि वडाका दुई स्थानबाट सञ्चालन हुँदै आएको खोप सेवा अब चारवटा पायक पर्ने स्थानबाट उपलब्ध गराइने भएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख महेन्द्र मण्डलका अनुसार एकडारा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समन्वयमा अबदेखि प्रत्येक महिनाको २ गतेदेखि ५ गतेसम्म वडा नं. १ अन्तर्गतका विभिन्न चार स्थानमा खोप केन्द्रमार्फत नियमित खोप सेवा सञ्चालन हुनेछ । यसअघि सीमित स्थानबाट सेवा दिँदा केही सेवाग्राहीलाई पहुँचमा कठिनाइ हुने महसुस भएपछि सेवा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।         स्वास्थ्य शाखाका अनुसार नियमित खोप कार्यक्रमअन्तर्गत जन्मदेखि २३ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोपहरू निःशुल्क उपलब्ध गराइनेछ । कार्यक्रममा BCG, ROTA, FIPV, PCV, MR, JE, TCV तथा TD लगायतका नियमित खोपहरू लगाइने व्यवस्था गरिएको छ।

प्रमुख मण्डलका अनुसार हाल वडा नं. १ मा जन्मदेखि २३ महिनासम्मका करिब डेढ सय बालबालिका रहेका छन् । उनीहरू सबैलाई नियमित खोपको पहुँच सुनिश्चित गर्ने उद्देश्यले एकडारा आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन खोप केन्द्रको संख्या बढाइएको हो ।           उहाँले आफ्ना बालबालिकाको उमेरअनुसार खोप छुट्न नदिन सबै अभिभावकलाई तोकिएको मितिमा नजिकको खोप केन्द्रमा उपस्थित गराई नियमित खोप लगाउन आग्रह गर्नुभएको छ । नियमित खोपले बालबालिकालाई विभिन्न संक्रामक तथा ज्यानै जोखिममा पार्ने रोगबाट सुरक्षित राख्ने भएकाले कुनै पनि खोप छुटाउन नहुने स्वास्थ्य शाखाको आग्रह छ ।

गाउँपालिकाले एकडारा आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत सेवा विस्तारसँगै वडा नं. १ का सबै टोलका नागरिकलाई सहज रूपमा खोप सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ । स्थानीय तहको यस पहलले बालबालिकाको स्वास्थ्य सुरक्षामा थप टेवा पुग्नुका साथै राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर