Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता

प्रतिक्षा खबर
२०८३ श्रावण ५, मंगलवार १३:३७

५ साउन, जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेता/कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।

साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेको थियो । सोही क्रममा उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेता/कार्यकर्ता लखेटिएका हुन् ।

पार्टी कार्यक्रममा सहभागी हुन साम्पाङ जनकपुर आउने तयारीमा छन् । हिन्दु सम्राट सेनाले भने विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै सम्पाङलाई निषेध गर्ने जनाएको छ ।

यस सन्दर्भमा हर्क साम्पाङले फेसबुकमा स्टाटस नै लेखेका छन्, ‘गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर !

उनले यसअघि पनि एउटा स्टाटस लेख्दै जनकपुरमा लफडा भएको र गृहमन्त्रीले फोन अफ गरेको बताएका छन् । उनले लेखेका छन्, ‘जनकपुरमा लफडा गृहमन्त्रीको फोन अफ !’

उनले उहिलेको कुरा अनि धर्मको कुरा लिएर लफडा भएको पनि उल्लेख गरेका छन् । साथै साम्पाङले आफ्ना पार्टी कार्यकर्तालाई संयमित हुन आग्रहसमेत गरेका छन् ।

जनकपुरमा आज श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर