Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

२४ घण्टामा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ आश्विन १४, बुधबार १८:२१

१४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा ५८२ महिला र ९७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । उनीहरुमध्ये ४९८ जनाको मृत्यु भएको छ भने ५६ हजार ४२८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०५७ जना संक्रमणमुक्त भएका छन् ।
देशभर २० हजार ८९१ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ८०४ होम र १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ९०२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९७ जना, ललितपुरका ११२ र भक्तपुरका ९३ जना छन् ।
यस्तै मोरङका ९८ जना, रुपन्देहीका ७०, चितवनका ६२, नवलपुरका ४५, सुर्खेतका ४१, सुनसरी र मकवानपुरका ३८/३८ जना, बाँकेका २७, कैलालीका २३, झापाका १९, पर्साका १७, कास्कीका १६, गोरखाका १५, महोत्तरीका ११, बारा र बर्दियाका १०/१० जना र काभ्रेका ९ जनामा संक्रमण पुष्टि भएको छ ।
धादिङ र डोटीका ८/८ जना, सप्तरीका ७, सिन्धुपाल्चोक, पाल्पा र कञ्चनपुरका ६/६ जना, तनहुँ, दाङ र दैलेखका ५/५ जना, कालीकोटका ४ जना, दोलखा, नुवाकोट, सिन्धुली, स्याङ्जा र प्युठानका ३/३ जना, सर्लाही, सिराहा, रामेछाप, लमजुङ, बाग्लुङ, कपिलवस्तु, रोल्पा, जुम्ला, हुम्ला, अछाम र डडेलधुराका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, धनुषा, पर्वत, म्याग्दी, गुल्मी, नवलपरासी, सल्यान र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर