Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

मन्त्रीहरुकाे टाेलीले अनुगमन गरे साेनमा गाउँपालिकाकाे विभिन्न नदीहरु

प्रतिक्षा खबर
२०७७ भाद्र २४, बुधबार २०:११

नागेन्द्र कुमार यादव
प्रतिक्षा खबरा,रामगाेपालपुर
महाेत्तरीकाे विभिन्न पालिकाहरुमा रहेकाे नदीहरुकाे अनुगमन गरिएकाे छ । प्रदेश नम्बर २काे अर्थ मन्त्री बिजय कुमार यादव,अान्तरीक मामिला तथा कानुन राज्यमन्त्री सराेज सिंह कुशवाहा महाेतरी क्षेत्र नम्बर ४काे सांसद डा सुरेन्द्र कुमार यादव समाजवादी पार्टीको धनुषा जिल्ला अध्यक्ष ज्ञानेन्द्र कुमार झा लगायकाे टाेलिहरुले विभिन्न नदीहरुकाे अनुगमन गरीएकाे छ । अाैरही नगरपालिका वडा नम्बर ४ स्थित कविलसाकाे उत्तरबारी टाेलमा जंगहा खाेल्लाकाे बाढीले कटान गरिरहेको ठाउँलाई अनुगमन गर्ने क्रममा गुणस्तरहीन काम गर्नेलाई अनुगमन गरि कार्वाही गर्ने प्रदेश दुईका अान्तरीक मामिला तथा कानुन मन्त्री सराेज सिंह कुशवाहाले बताएको छ । त्यस्तै अाैरही नगरपालिका वाडा नम्बर १ काे नदी निरीक्षण वाडा २काे फुलबरीयामा भईरहेकाे नदी कटानकाे निरीक्षणलगायत वाडा नम्बर ३श्रीपुरमा नदीले कटान गरीरहेकाे क्षेत्रलाई समेत अनुगमन गरीएकाे छ । साेनमा गाउँपालिकनमा मरहा नदीले कटान गरेकाे विभिन्न स्थानलाइ समेत अनुगमन गरि साे ठाउँलाइ तटबन्ध गरि कटान गरीदै अाईरहेकाे स्थानलाइ बचाउन प्रदेशबाट कार्य गरीने अर्थ मन्त्री बिजय कुमार यादवले बताएकाे छ । साेनमा गाउँपालिकाकाे वाडा नम्बर ३ खखना रघुनाथपुर,वाडा नम्बर १साेनमा र वाडा नम्बर२कन्तवा नदीले कटान गरीएकाे स्थानहरु अनुगमन समेत गरि नदी नियन्त्रण गर्न सहयाेग गरिने सांसद डा सुरेन्द्र कुमार यादवले बताएका छन ।
उक्त टोल वर्षाै देखि बाढीले कटान गर्दै अाईरहेकाे र स्थानीयहरु बाढीबाट प्रभावित भएकोसँगै त्रसित रहेका छन । त्यस ठाउँहरु मध्ये अरुठाउँहरुमा प्रदेश सरकारकै योजनाबाट तटबन्ध कार्य सुरु गरेको थिए । तर कटान भई रहेको ठाउँभन्दा फरक ठाउँमा तटबन्ध भई रहेको पाएकाे थियो । अहिले अापतकालिन बजेट उपलब्ध गराएर याे समस्यालाई समाधान गर्ने र यही अा.व. बजेट राखी खाेला नियन्त्रण गर्नेछु मन्त्री यादवले बताए
औरही नगरपालिका र साेनमा गाउँपालिकामा रहेका केहि स्थान डुबानमा पर्ने जोखिम रहेकाे देखिन्छ । वर्षातकाे समयमा निरन्तर रुपमा भईरहेको अविरल वर्षाको कारण उक्त नदिमा पानीको सतह बढ्दै गएको देखिन्छ । नदिमा पानीको सतह बढ्दै गएपछि स्थानीय वासीहरु त्रसित र भयवित भएका हुँदै अाइरहेका छन । ’दिन त जसोतसो काटेपनि,‘रात काटन ग्राहाे भएको स्थानीयहरुले बताए । रातभरि नै भयवित र त्रसित रहन्छौ, सुत्नपनि सक्दैनौ, कुन बेला नदिको बाढी उछेलर गाउँमा प्रवेश गरि गाउँ नै सखाप गर्ने हो ठेकान छैन ।’ हामी त्रसित अवस्थामा भएपनि यसै गाउँका वडा अध्यक्षले वा नगर प्रमुखले कुनै किसिमका सावधानी अपनाउन चासो नदेखाएको स्थानीयहरुले गुनासो गरे
तत्काल खाेला नियन्त्रण नहुदा गाउँपालिकावासीहरुलाइ समस्या हुने गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएकाे छ ।
उक्त अनुगमनमा पुर्व स्वास्थ्य तथा जनसंख्या राज्य मंत्री तथा महाेत्तरी क्षेत्र नम्बर ४ काे संघीय सांसद डा. सुरेन्द्र यादव, जनता समाजवादी पार्टी नेताहर विभिन्न वडाका वडा अध्यक्ष ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी संचारकर्मी, राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर