Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

सर्लाहीमा ठुलो परिमाणमा लागुऔषध बरामद, २ जना पक्राउ

प्रतिक्षा खबर
२०७७ आश्विन ६, मंगलवार १८:५०

प्रतिक्षा खबर
सर्लाही, असोज ६ गते
सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीबाट आइतबार राती ठूलो परिमाणमा लागूऔषध बरामद भएको छ ।
दक्षिणतर्फबाट ना १ ह ७३१५ नं. को अटोमा राखेर ल्याउँदै गरिएको लागूऔषध ईलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बरामद गरेको हो । अटोमा बोरोभित्र लुकाईछिपाई ल्याउँदै गरिएको वाइनरिकेक्स १६६ सीसी, नाइट्राभेट ट्याब्लेट १५ पत्ता र डाइलेक्स डीसी ८७ सीसी बरामद गरिएको लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा अटो चालक हरिपुर नगरपालिका–८, जगतपुर बस्ने ३१ वर्षीय श्याम सुन्दर दास र अटोमा सवार बरहथवा नगरपालिका–४, शान्तिटोल बस्ने ३० वर्षीय अनन्त पक्राउ परेका छन् ।
यसैबीच लालबन्दी प्रहरीले दुई दिनअघि लालबन्दी नगरपालिका–८, मरिण जाने सडकबाट ५ किलो लागूऔषधसहित गाँजासहित एक जनालाई पक्राउ गरेको थियो । झोलामा लुकाएर ना २२ प ९०१९ नं. को मोटरसाइकलमा गाँजा लिएर आउँदै गर्दा पक्राउ परेका लालबन्दी नगरपालिका–१४, नारायणखोलाका १९ वर्षीय विश्राम गोलेलाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर