Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

प्रदेश २मा पनि प्लाजमा थेरापी बाट कोरोना संक्रमितको उपचार शुरु

प्रतिक्षा खबर
२०७७ भाद्र १५, सोमबार १६:०४

प्रतिक्षा खबर

बीरगञ्ज, भदौ १५ गते
वीरगञ्जमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ।
आइतबार राति नारायणी अस्पतालमा एक कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट सुरु गरिएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
झण्डै एक महिनाको प्रयासपछि वीरगञ्जमा पनि प्लाज्मा थेरापीबाट संक्रमितको उपचार गर्न सफल भएको डाक्टर सिंहले बताए ।
शनिबार अस्पतालमा भर्ना भएका सर्लाहीका एक जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।निमोनिया समेत देखिएका ती पुरुषलाई नारायणी अस्पतालको आइसियुमा राखेर प्लाजमा थेरापीबाट उपचार गरिएको हो
नारायणी अस्पतालका स्टोर प्रमुख दामोदर अधिकारीले थेरापीको लागि प्लाज्मा दिएका थिए ।
प्लाज्मा चढाइएका बिरामीको अवस्था अहिले क्रिटिकल रहे पनि सुधारको लागि चिकित्सकहरुले निरन्तर प्रयास जारी राखेको डाक्टर सिंहले बताए।
प्रदेश नम्बर २ मा पहिलो पटक वीरगन्जमै प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार गर्न थालिएको उनले बताए । यसअघि काठमाडौं उपत्यकाबाहेक प्रदेश १ को धरान र प्रदेश ५ का बुटवलमा प्लाज्मा थेरापी विधिबाट संक्रमतिको उपचार गरिएको थियो ।
डाक्टर सिंहका अनुसार, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद ९एनएचआरसी० ले तय गरेको मापदण्ड अनुसार नै वीरगन्जमा पनि संक्रमितको प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर