Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

प्रदेश २का अध्यक्ष यादव भारतमा सम्मानित

प्रतिक्षा खबर
२०७८ पुष ८, बिहीबार २२:३४

रामगाेपालपुर, ८ पुस। आम सञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव (पथिक) ‘मिथिला रत्न’बाट सम्मानित भएका छन् । भारतको अयोध्याधाममा बुधवार आयोजना गरिएको ‘उनैसम अन्तर्राष्ट्रिय मैथिली–सम्मेलन’मा यादवलाई बिहार सरकारका मन्त्री जिवेश मिश्रले ‘मिथिला रत्न’बाट सम्मानित गरेका हुन् ।
आम सञ्चार प्राधिकरणका अध्यक्ष हुनुअघि दुई दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता एवम् लेखन क्षेत्रमा कलम चलाउँदै आएका यादवलाई मैथिली भाषा तथा सांस्कृतिकमा उत्कृष्ट सेवाका लागि ‘मिथिला रत्न’ प्रदान गरिएको हो ।
सप्तरीको तत्कालिन जमुनी मधेपुरा गाविस–९ छपकी भथौल (हालरुपनी गाउँपालिका वडा नम्वर ४ छपकी भथौल) निवासी यादव २०५६ सालमा बालचेतना समूहबाट कोपिला भित्तेपत्रिकाबाट पत्रकारिताप्रति आकर्षित भएका थिए । कम्प्याक्ट कम्यूनिकेशन प्रा.लि.बाट प्रकाशित सत्यापन साप्ताहिकको सम्वाददाताको रुपमा २०५७ सालमा पत्रकारिता पेशामा प्रवेश गरेका थिए ।
त्यसपछि उनले राजविराजबाट प्रकाशित न्यूज टुडे दैनिक पत्रिकाको सम्वाददाता भएर लामो समयसम्म काम गरेपछि २०७२ सालदेखि सो पत्रिका र अनलाइन तथा मधेशलाइभ अनलाइनको सम्पादकको जिम्मेवारी सम्हाले । सो अवधिमा यादवले सञ्चारदृष्टि साप्ताहिकका सम्पादकका साथै विभिन्न रेडियोहरुबाट मैथिली भाषा, साहित्यक, कला, सांस्कृतिक क्षेत्रकासाथै सामाजिक रुपान्तर सम्वन्धि कार्यक्रमहरु सञ्चालन गरे ।
साहित्यिक एवम् सांस्कृतिक क्षेत्रमा सक्रिय उनका हाम्रो सप्तरी र हाम्रो सप्तरीको दोश्रो संस्करण तथा छिन्नमस्ता भगवती दर्शन सहितका पुस्तक प्रकाशित छन् । यादवले मैथिली भाषाका विभिन्न म्यूजिक भिडिओमा निर्माता, गीतकारको रुपमा काम गरेका छन् भने छिन्नमस्ता भगवती ऐतिहासिक बृत्तचित्र सहित एक दर्जनबढी बृत्तचित्रहरुको लेखन एवम् निर्देशन समेत गरिसकेका छन् ।
यादव यसअघि विश्व भाषाभाषी साहित्य पुरस्कार २०७१, रेखा देवी पत्रकारिता पुरस्कार, मैथिली सम्मान २०७२, लोकेन्द्र स्मृति पत्रकारिता, राष्ट्रपति विद्यादेवी भण्डारीबाट युवा सशक्तिकरण पत्रकारिता पुरस्कार २०७३, हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०७४, जनसेवाश्री पदक चौथो २०७६ लगायतका सम्मान तथा कदरपत्र प्राप्त गरेका छन् ।
‘नेपाली मिडिया टोली सन् २०१८’ मा सहभागी भएर चीनको सिचुवानमा आयोजना गरिएको प्रादेशिक सञ्चारमाध्यम व्यवस्थापन सम्वन्धी तालिममा पनि सहभागी भएर प्रशिक्षण प्राप्त गरेका यादव नेपाल पत्रकार महासंघ शाखा सप्तरी र मैथिली साहित्य परिषद् राजविराजका उपाध्यक्ष समेत रहिसकेका छन् ।
पछि प्रेस नेपाल प्रदेश २ का अध्यक्ष हुँदै हाल उनी आम सञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष हुन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर