• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

वीरगञ्जमा कोरोना महामारीले देशको प्रभाव


वीरगञ्जबाट रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोमा पुगेर दैनिक ७० देखि १०० वटा ट्यांकरले पेट्रोलियम लिएर आउँछन् ।
तर पछिल्लो समय वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो छ । यसले देशकै लाइफलाइनमा चुनौती थपिँदै गएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोका प्रमुख भरत रेग्मी बताउँछन् ।
अहिले वीरगञ्जबाट सयौं गाडी काठमाडौंलगायत देशभरका शहरमा आइरहेका छन् । त्यसरी आउने गाडीका चालक, सहचालक र यात्रुसँगै कोरोना फैलने जोखिम उच्च छ । भारतको बिहारसँग जोडिएको वीरगञ्जमा महामारी समुदायस्तरमा फैलिन थालेको विज्ञहरुले बताउँछन् ।
वीरगञ्ज महामारीमा जेलिँदाको असर देशको समग्र अर्थतन्त्रमा पर्नसक्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् । कोरोना फैलिन नदिन व्यवसायिक जगतले वीरगञ्जबाट हुने आयात र ढुवानी कम गर्न थालेको उनले बताए ।
भारतबाट स्थलमार्ग हुँदै नेपाल पस्ने सबभन्दा सहज नाका हो, वीरगञ्ज । त्यसैले यसलाई नेपालको ‘प्रवेशद्वार’ पनि भनिन्छ । वीरगञ्ज सर्वसाधारणको आवतजावतमा मात्र होइन, अन्तर देशीय ब्यापारका हिसावले पनि मुख्य नाका हो । यो सहजताले बीरगञ्जलाई नेपालको प्रमुख औद्योगिक–व्यापारिक शहर बनाएको छ ।
वीरगञ्ज अर्थतन्त्रसँग यसरी जोडिएको छ कि त्यहाँ हुने हरेक घटनाले काठमाडौंलाई तरंगीत पार्नेगरेको छ । भारतीय नाकाबन्दीका बेला अन्य नाकाबाट सहज आयात भइरहँदा पनि वीरगञ्जको अवरोधले अर्थतन्त्रमा पारेको प्रभावले त्यसलाई प्रष्ट गर्छ ।
वीरगञ्जमा हुने समस्याले देशभरकै आर्थिक गतिविधिमा शिथिलता ल्याउने अर्को अवस्था पनि छ । नेपालमा लकडाउन खुकुलो भएसंगै आर्थिक गतिविधि बढ्न थालेको छ । आयातमा आधारित अर्थतन्त्र भएकाले बजारमा गतिविधि बढेपछि त्यसको चाप वीरगञ्जमा पर्छ । यसलाई तथ्यांकले नै पुष्टि गर्छ ।
नेपालले गर्ने कुल आयातको ४८ प्रतिशत कारोबार वीरगञ्ज नाका भएर हुन्छ । गत आर्थिक वर्ष २०७६/०७७ मा भएका कुल आयातमध्ये ४८.२१ प्रतिशत समान वीरगञ्ज नाका भएरै भित्रिए ।
गत आवमा वीरगञ्ज भन्सार कार्यालयबाट ३४.३७ अर्थात् ४ खर्ब ११ अर्ब बराबरको सामान आयात भएको थियो । त्यस्तै, वीरगञ्जको सुख्खा बन्दरगाहबाट १ खर्ब ६५ अर्ब बराबरको १३.८४ प्रतिशत आयात भयो । गत वर्षको ५ खर्ब ७७ अर्बको आयात ब्यापार वीरगञ्जबाटै भएको थियो
नेपालको निर्यात ब्यापारमा पनि वीरगञ्ज नाकाको हिस्सा अरुको भन्दा बढी छ । कुल निर्यातमध्ये ३५.३४ प्रतिशत वस्तु वीरगञ्ज भएरै भारतलगायतका अरु देश पुग्छन् । गत वर्ष वीरगञ्जबाट ३४ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएका थिए ।
लकडाउन खुकुलिएपछि आयात बढ्न थालेको छ । भारतबाट समान बोकेर आउने ट्रकहरुको आवत–जावत बढेको छ । वीरगञ्जबाट काठमाडौं र अन्य शहरहरुमा सामान पुर्‍याउने क्रम पनि बाक्लिन थालेको छ ।
निजी सवारी साधनमा वीरगञ्ज आउजाउ गर्ने, वीरगञ्ज भन्सारमा अड्किएका समान छुटाउन जाने क्रम पनि बढेकै छ । वीरगञ्जमा नेपाल र भारत दुवैतिरका भन्सार एजेन्टहरुको सक्रियता बढेको छ । यी सबै कारणले गर्दा वीरगञ्जमा हुने गतिविधि सीधै अन्य शहरहरुसँग जोडिन पुग्छन् ।
पेट्रोलियम पदार्थ आयातमा वीरगञ्ज नाकाको हिस्सा ५० प्रतिशत भन्दा बढी छ । सबभन्दा धेरै पेट्रोलियम पदार्थ खपत गर्ने काठमाडौंमा वीरगञ्ज भएरै तेल आइपुग्छ । वीरगञ्जसँग सडक सम्पर्क टुटेको एक दुई दिनमै काठमाडौंमा पेट्रोलियमको हाहाकार सुरु भइहाल्छ ।
पेट्रोलियम पदार्थ मात्रै हैन, सवारी साधन तथा पाटपूर्जा, खाद्य पदार्थ, पत्थर कोइला, फलाम, पाइप, सिमेन्ट क्लिंकर, तयारी कपडा, औद्योगिक मेसिनरी र कच्चा पदार्थ पनि वीरगञ्ज नाकाबाटै बढी आयात हुन्छ ।
यसैगरी फुड सप्लिमेन्ट, स्पोर्ट सुज (सेन्थेटिक सुज), जुस जाम, खुदो, आल्मुनियम छड/डण्डी, जमोठ कपडा, हाते झोलालगायत सामान यहाँबाट बढी निर्यात हुन्छन् ।
कोलकात्ता बन्दरगाह नजिक पर्ने भएकोले काठमाडौं, पोखरा, हेटौंडा, भरतपुरदेखि मध्य तराई र पहाडी क्षेत्रका सहरमा सामान पैठारी गर्नका लागि वीरगञ्ज नाका सहज मानिन्छ । वैदेशिक व्यापारका लागि नेपालले प्रयोग गर्ने समुद्री बन्दरगाह कोलकाता र विशाखापटनम हुन् ।
नेपालबाट हुने निर्यातको ठूलो हिस्सा पनि वीरगञ्ज क्षेत्रकै उत्पादनले ओगटेका छन् । कुल औद्योगिक लगानीको ५० देखि ६० प्रतिशत हिस्सा वीरगञ्ज क्षेत्रले नै समेट्ने स्थानीय उद्योगी– व्यवसायीहरु बताउँछन् ।
वीरगञ्जका उद्योगहरु नेपाली बजारमा सयौं खालका उत्पादन पठाउँछन् । ती सामान बठाउँदा लोड, अनलोड, ढुवानी र वितरणसम्मका विभिन्न प्रक्रियामा मानवीय शक्ति प्रयोग गर्नुपर्ने अवस्थाले वीरगञ्जमा फैलिएको कोरोना संक्रमणको जोखिम देशभर बढेको छ ।
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई गत साता उनी काठमाडौं आएको बेला नै कोरोना संक्रमण भएको थियो । बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुमा धेरैजसो भारतीय कामदार रहेकाले आफुखुशी सीमा वारपार आवत–जावतको अवस्था पनि छ ।
केही दिनअघि जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को कोरोना संक्रमणबाटै निधन हुनु र त्यहाँ कार्यरत अन्य कामदारमा पनि कोरोना भेटिनुले उद्योगहरुमा उत्पादनकै चरणदेखि जोखिम उच्च रहेको स्पष्ट गरेको छ । अनलाईन खबर

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

१९ श्रावण २०७७, सोमबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

१९ श्रावण २०७७, सोमबार
मधेशमा ३ मन्त्री नियुक्त, अर्थ मन्त्रालय जनमतलाई
अन्तर्राष्ट्रिय

मधेशमा ३ मन्त्री नियुक्त, अर्थ मन्त्रालय जनमतलाई

१९ श्रावण २०७७, सोमबार
जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

१९ श्रावण २०७७, सोमबार
Next Post
स्थानीयको अवरोधपछि संक्रमितको शव व्यवस्थापनमा समस्या

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगयाे

सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिने

सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh