Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

संविधान संशोधन विधेयक संसद्मा पेस

प्रतिक्षा खबर
२०७७ जेष्ठ १९, सोमबार ०६:५५

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर बनाएको नक्साअनुसार निसान छाप परिमार्जन गर्न संविधान संशोधन विधेयक संसद्मा पेस भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधिसभा बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेस गरेकी हुन् ।
संसद्मा विधेयक पेस गर्दै कानुनमन्त्री डा. तुम्बाहाङ्फेले भनिन्, ‘नेपालको संविधान धारा ९ को उपधारा २ मा नेपालको निसान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमाअनुरूपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची ३ को निसान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची ३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन विधेयक सदनसमक्ष पेस गर्दछु ।’
अब संविधान संशोधन विधेयक राजपत्रमा प्रकाशित हुनेछ । त्यसपछि संसद् बैठकमा विधेयकमाथि छलफल हुनेछ । संविधान संशोधनलाई लिएर संसद्मा हुने अबको प्रक्रियाबारे संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘विधेयक पेस भइसकेको अवस्थामा अब राजपत्रमा प्रकाशित हुन्छ । ३० दिनभित्रै प्रकाशित गर्ने भनिएकाले आजभोलिमै पनि प्रकाशित गर्न सकिन्छ ।
उनका अनुसार त्यसपछि बैठकमा सामान्य छलफलका लागि प्रस्तुत हुनेछ भने संशोधनका लागि ७२ घन्टाको म्याद दिइनेछ । त्यसमाथि संशोधन पर्‍यो भने त्यसलाई पनि समेटेर अर्काे बैठकमा छलफलका लागि पेस हुनेछ । संसद्मा छलफल भएपछि निर्णयार्थ प्रस्तुत हुनेछ । यसमा ध्वनि मत नभई लिखित रूपमै मत दिनुपर्नेछ । पारित गर्न दुईतिहाइ बहुमत पुर्‍याउनुपर्नेछ ।
प्रतिनिधिसभाबाटै नभएर राष्ट्रिय सभाबाट पनि पारित गर्नुपर्नेछ । ‘राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा जस्तै क्रमशः टेबल गर्ने, सामान्य छलफल गर्ने, संशोधनको म्याद जारी गर्ने, संशोधन पर्‍यो भने संशोधन र प्रस्तावलाई छलफल गर्ने र निर्णयार्थ पेस गर्ने हुन्छ । त्यसपछि दुईतिहाइले पारित गर्नुपर्छ। दुवै सदनबाट पारित भएको विधेयकलाई प्रमाणित गरेर सभामुखले राष्ट्रपतिसमक्ष पठाउनेछन् । राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्रै लागू हुनेछ ।
संविधान संशोधनलाई छिटो प्रक्रियाबाट टुंग्याउनका लागि ७२ घन्टाको संशोधन म्याद घटाउन सकिने छ । त्यस्तै, दिनमा दुई–तीनवटा बैठक बसेरसमेत छिटो टुंगोमा पुर्‍याउन सकिनेछ । मन्त्रिपरिषद्को ५ जेठको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर तयार गरिएको नक्सा स्वीकृत गरेको थियो । त्यसपछि ७ जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् ।
संविधान संशोधनसम्बन्धी प्रस्ताव १४ जेठमै संसद्मा पेस गर्ने तयारी थियो । तर, अन्तिम आएर कार्यसूचीबाट हटाइएको थियो । प्रमुख प्रतिपक्ष दल कांग्रेसले संविधान संशोधनको विषय केन्द्रीय कार्यसमितिबाट पारित गर्नुपर्ने भन्दै समय मागेपछि कार्यसूचीबाट हटेको मन्त्री डा. तुम्बाहाङ्फेले बताएकी थिइन् । शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि आइतबार संसद्मा पेस भएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर